काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनबाट ल्याएका र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट कोरोना भाइरस संक्रमणको परीक्षण रोक्न माग गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारीले पूर्व स्वास्थ्य मन्त्री र विज्ञहरुसँग गरेको छलफलले परीक्षणलाई समुदाय स्तरमा पुर्याउनुपर्ने निष्कर्ष समेत निकालेको छ ।
बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘र्यापिड टेस्टको विश्वसनीयतामा विश्वव्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्छ र पीसीआरकै क्षमता र दायरा बढाइनुपर्छ ।’
र्यापिड टेस्टले दिने नतिजाको विश्वसनीयतामा प्रश्न उठिरहेका बेला कांग्रेसले त्यसलाई रोकेर पीसीआरकै प्रयोगशालाको क्षमता र दायरा बढाउन माग गरेको छ । चीनबाट ल्याएका किटको गुणस्तरमा समेत प्रश्न उठेर नक्कली हुनसक्ने आशंका समेत गरिएको थियो ।
कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको दाबी गर्दै नेपाली कांग्रेसले आवश्यक गति बढाउनुपर्ने सुझाव दिएको छ ।
देशभरका स्वास्थ्यकर्मीलाई पर्याप्त पीपीई लगायतका गुणस्तरीय सामग्री उपलब्ध गराउन, स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने घटना रोक्न, अस्पतालहरूको हालको क्षमता अधिकतम उपयोग गर्दै जनशक्ति र उपकरण थप्न समेत कांग्रेसले सरकारलाई सुझाव दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।