आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ओलीका सल्लाकारले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका युवा भन्छन्–सुरक्षा चाहियो

ओलीका सल्लाकारले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका युवा भन्छन्–सुरक्षा चाहियो

  • शनिवार, बैशाख १३ २०७७

  • 6.3K
    SHARES

  • काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा माथि ज्यान मार्ने धम्की दिएको आरोप लगाएका युवाले असुरक्षा महसुस भएको बताएका छन्। फेसबुकमा स्टाटस लेखेको भन्दै एक जना साउदी अरबमा वैदेशिक रोजगारीमा रहेका ती युवाले थापाले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्।

    रोजगारीका लागि साउदी अरेवियामा बस्दै आएका सिन्धुलीको मरिन गाँउपालिका ४ घर भएका बिष्णु बुढाथोकीले थापाले आफुलाई फेसबुक च्याटमा धम्की दिएको दावी गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध स्टाटस लेखेको भन्दै थापाले फेसबुकमा धम्काएको बुढाथोकीको भनाइ छ। उनले थापाको नाम गरेको आइडीबाट धम्की आएको म्यासेजको स्क्रिनसट समेत पोस्ट गरेका छन्।

    बुढाथोकीले प्रधानमन्त्री ओलीका विरुद्धमा स्टाटस लेख्दै आएका थिए। सोही कारण थापाले धम्की दिएको बुढाथोकीले आरोप लगाए। ‘दिउँसो साढे तीन बजे मलाई हेलो उग्रे भन्दै म्यासेज आयो। मैले भाषा बुझिनँ कमरेड भने। त्यसपछि म र मेरो परिवारलाई ज्यानको धम्की दिइयो,’ साउदीमा रहेका बुढाथोकीले  भने, ‘धम्की दिएलगत्तै मैले आइडी खोल्न खोज्दा ब्लक देखायो। पछि उहाँले स्टाटस लेख्नुभएको छ रे भनेर खोल्न खोज्दा खुलेन।’

    बुढाथोकीले प्रधानमन्त्रीका गलत लागेका कामको विरोध गर्दा प्रधानमन्त्रीकै प्रेस सल्लाहकारको आइडीबाट धम्की आउँछ भने नागरिक कसरी सुरक्षित हुन सुक्छन्ः भन्दै प्रश्न गरे। ‘म त विदेशमा छु। लकडाउनले काम बन्दछ। धम्की आएपछि सिन्धुलीमा रहेका बा–आमा र काठमाडौंमा रहेका श्रीमती र छोरीको चिन्ता लागेको छ, असुरक्षा महसुस भएको छ,’ उनले भने।

    तर थापाले भने धम्की दिइएको आइडी आफ्नो नभएको बताएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख १३ २०७७०६:२९:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend