काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा लकडाउन खोल्नेबारे एकतर्फी रुपमा नसोच्ने खुलासा भएको छ ।
सरकारले भारतमा कोरोना भाइरस संक्रमणको जोखिम हेरेर मात्र लकडाउन खुला गर्ने/नगर्ने विषयमा निर्णय गर्ने जनाइएको छ ।
सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले भारतमा जोखिमको अवस्था नहेरी एकपक्षीय ढंगले निर्णय गर्ने खुलासा गरेका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता खतिवडाले लकडाउनको समयमा पनि खुला सिमानाका कारण लुकीछिपी नेपाल प्रवेश गर्ने गरेको कारण नेपालमा संक्रमणको जोखिम बढेको बताएका छन् ।
नेपाली नागरिकमा कोरोनाप्रति चेतनाको विकासले पनि प्रभाव पार्ने भन्दै उनले जोखिममुक्त भएपछि मात्रै लकडाउन खोल्ने निर्णय हुने बताएका छन् ।
प्रवक्ता खतिवडाले असंगठित क्षेत्रमा कार्यरत श्रमिकलाई काममा आवद्ध गर्न आधारभूत उद्योग, विकास निर्माणका काम र केही सेवा क्षेत्र खुला गर्ने तयारी भइरहेको बताएका छन् ।
नेपालमा गत चैत ११ गतेदेखि लकडाउन जारी रहेको छ । पछिल्लो पटक थपिएको अवधिअनुसार बैशाख १५ गतेसम्म लकडाउन छ । प्रधानमन्त्री ओलीले समेत लकडाउन अझै लम्बिने संकेत गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।