आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

खुसीको खबरः कैलालीका युवकले पनि जिते कोरोनालाई, डिस्चार्जको तयारी

खुसीको खबरः कैलालीका युवकले पनि जिते कोरोनालाई, डिस्चार्जको तयारी

  • आइतवार, बैशाख ७ २०७७

  • 5.3K
    SHARES

  • धनगढी– कोरोना संक्रमित कैलालीको लम्कीचुहा नगरपालिका–९ का २१ वर्षीय युवकको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ।

    कोरोना पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका ती युवकको पछिल्ला दुवै परीक्षणको रिपोर्ट नेगेटिभ आएका हुन‍्। कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ।

    भारतको मुम्बईबाट चैत ११ गते घर फर्किएका ती युवकको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि गत चैत २२ गते सेती अस्पताल भर्ना भएका थिए। ‘पछिल्ला परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको छ,’ सेती अस्पतालका डा. जगदिश जोशीले भने,‘कोरोना ठीक भइसकेकाले उनलाई डिस्चार्जको तयारी भइरहेको छ।’

    डिस्चार्ज भएपछि ती युवक नेपालमा कोरोनालाई जितेर घर फर्किने चौथो व्यक्ति बन्नेछन्। यसअघि शनिबारमात्रै काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ र बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोनालाई जितेर घर फर्किएका थिए।

    त्यसअघि कोरोनाको पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किसकेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख ७ २०७७११:२६:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend