शनिवार, बैशाख ६ २०७७
काठमाडौं–कोरोना भाइरसबाट संक्रमित भएर अस्पतालमा भर्ना भएकी प्रसिद्धि श्रेष्ठ डिस्चार्ज भएकी छिन्। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया श्रेष्ठ कोरोना भाइरसको संक्रमण देखिएपछि गत चैत १० गते टेकुस्थित शहिद शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पताल भर्ना भएकी थिइन्। पूर्ण स्वास्थ्यलाभपछि शनिबार श्रेष्ठलाई डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा। अनुप बाँस्तोलाले जानकारी दिए।
कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा श्रेष्ठ गत चैत ४ गते कतारबाट काठमाडौं आइपुगेकी थिइन्। नेपाल आउना साथ होम क्वारेन्टाइनमा बसेकी उनी बिरामी भएपछि चैत ९ गते अस्पताल भर्ना भएकी थिइन्।
यसअघि कोरोनाबाट संक्रमित एक युवक निको भएर घर फर्किसकेका छन्। चीनबा आएका उनी स्वास्थ्यलाभ पछि घर फर्किएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।