काठमाडौं – नेपाली कांग्रेस युवा नेता, खेलकुद विभाग सदस्य सचिव एवं राष्ट्रिय खेलकुद परिषद् पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जनले टोलटोलका जनतालाई बाँड्न तरुण कार्यकर्तालाई मास्क दिएका छन् ।
गोदावरी नगरपालिका चापागाउँमा तरुण दल ललितपुर क्षेत्र नम्बर १ सचिव अनिल श्रेष्ठ, गोदावरी नगरपालिका वडा नम्बर ११ सभापति गंगाधर श्रेष्ठ, सदस्य सन्देश महर्जनलाई टोलटोलमा बाड्नको लागि नेता महर्जनले मास्क वितरण गरेका छन् ।
महर्जनले प्रत्येक घरघर गई मास्क वितरण गर्न तरुण कार्यकर्तालाई निर्देशन दिएका छन् । मास्क मेडिकलमा किन्दा १ सयदेखि १ सय २५ रुपैयाँसम्म पर्ने तरुण क्षेत्रीय सचिव अनिल श्रेष्ठले बताए ।
बजारमा मास्कको अभावका बाबुजुद युवा नेता मीनकृष्ण महर्जनले चापागाउँबासीलाई मास्क वितरण गरेकोमा विशेष धन्यवाद दिएका छन् । महर्जनले आवश्यकता अनुसार माक्स बितरण गर्ने बताए ।
महर्जनको निर्देशनपछि क्षेत्रीय सचिव अनिल श्रेष्ठ, गोदावरी नगरपालिका–११ अध्यक्ष गंगाधर श्रेष्ठ, सदस्य निरोज देशारले घरघरमा गएर मास्क वितरण गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।