काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीले विकराल रुप लिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) विरुद्ध बोल्ड निर्णय लिएका छन् ।
ट्रम्पले कोरोना भाइरस नियन्त्रण गर्न संगठन असफल भएको भन्दै आक्रोश समेत पोखेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।।
ट्रम्पले डब्लूएचओलाई दिँदै आएको सहयोग रकम रोक्न पनि निर्देशन दिएका छन् । डब्लूएचओले संगठनको आधारभूत कर्तव्यमा असफल भएको भन्दै ट्रम्पले आर्थिक सहयोग रोक्न निर्देशन दिएका छन् ।
संयुक्त राष्ट्रसंघको एक हिस्सा भएर पनि डब्लूएचओले चीनबाट फैलिएको भाइरसको उचित व्यवस्थान नगरेको र चीनको इशारामा कथित व्यवस्थापन र कभरेज गरेको आरोप लगाउँदै ट्रम्पले जवाफदेही हुन आग्रह गरेको छ ।
सबैभन्दा बढी कोरोना प्रभावित देश अमेरिका बनेको छ । अमेरिकामा ६ लाख १३ हजार ८८६ जना संक्रमित हुँदा २६ हजार ४७ जनाको मृत्यु भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।