बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भारतमा थपियो २१ दिन लकडाउन, नेपालमा समेत थप्ने तयारी

भारतमा थपियो २१ दिन लकडाउन, नेपालमा समेत थप्ने तयारी

  • मंगलवार, बैशाख २ २०७७

  • 5.2K
    SHARES

  • काठमाडौं– कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतमा फेरि लकडाउन लम्बिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै १९ दिन लकडाउन थपेको बताएका छन्।

    मंगलबार सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले मे ३ तारिख अर्थात वैशाख २१ गतेसम्म लकडाउन लम्बिएको जनाएका छन्। अबको लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गरिने उनले बताए।

    यस अघि भारतमा २१ दिने लकडाउन घोषणा गरिएको थियो। यस अघि गरिएको लकडाउनको समय आज सकिएको थियो। आजदेखि थपिएको लकडाउनमा झन कडाइ गरिने जनाएको छ।

    अन्य कुनै विकल्प नभएपछि लकडाउन गर्न परेको मोदीले जनाएका छन्। उनले लकडाउनको पालना गर्न सबै नागरिकमा अपिल पनि गरेका छन्।

    भारतमा मंगलबारसम्म १० हजारभन्दा बढीमा कोरोना देखिएको छ भने तीन सय ५८ जनाको मृत्यु भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २ २०७७०६:१५:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend