बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना महामारीबारे पत्रकारले प्रश्न गर्दा डोनाल्ड ट्रम्पको ‘पारो तात्यो’ (भिडियोसहित)

कोरोना महामारीबारे पत्रकारले प्रश्न गर्दा डोनाल्ड ट्रम्पको ‘पारो तात्यो’ (भिडियोसहित)

  • मंगलवार, बैशाख २ २०७७

  • 4.2K
    SHARES

  • काठमाडौं – अमेरिकाको मुख्यालय ह्वाइट हाउसमा कोरोनाभाइरस टास्क फोर्सको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो केही दिनदेखि नयाँ संक्रमितको संख्या स्थिर रहेको बताएका छन् । ट्रम्पले सोमवारको पत्रकार सम्मेलनमा भने, ‘न्यूयोर्क, न्यूजर्सी, मिसिगन र लुसियानाजस्ता हटस्पटमा अस्पताल भर्ना हुने प्रक्रिया सुस्त भएको छ । किनभने अमेरिकीले निर्देशनको पालना गरिरहेका छन् । तपाईं चार्ट पनि हेर्न सक्नुहुन्छ । सुरूमा एक लाख बढी मृत्यु हुने बताइएको थियो । हाम्रो संख्या कम हुनेछ । यसको ठोस प्रमाण यो हो कि हाम्रो आक्रामक नीतिले काम गरिरहेका छन् ।’ पत्रकार सम्मेलनमा ट्रम्प अमेरिकी मिडियामा कोरोना भाइरसबारे आउने समाचार सम्प्रेषणका लागि पत्रकारसँग रुष्ट देखिए । ट्रम्पले एउटा भिडियो देखाउँदै त्यसलाई नक्कली समाचारको प्रमाण बताएका छन् । ट्रम्पले भने, ‘म आलोचकहरूलाई महत्त्व दिन्नँ तर जब आलोचना गर्नेहरू गलत हुन्छन्, तब भन्न आवश्यक छ ।’ जब सीबीएसकी पत्रकार पाउला रीडले ट्रम्पलाई प्रश्न सोधिन्, उनी जवाफ दिन अस्वीकार गरिरहे । अन्त्यमा ट्रम्पको पारो तात्यो । उनले पाउला रीडमाथि भड्किँदै भने, ‘तपाईं झुटो हुनुहुन्छ भनेर तपाईंलाई थाहा छ ? के तपाईंलाई थाहा छ ? तपाईंको पूरा कभरेज गलत छ ।’ पत्रकार सम्मेलनमा अमेरिकाका संक्रमित रोगका विशेषज्ञ डा. एन्थोनी फाउचीले पनि ट्रम्पको समर्थन गर्दै कोरोना भाइरसको संक्रमणको गतिमा कमी आएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डा. फाउचीले आईतवार एक अन्तर्वार्तामा यदि अमेरिका पहिलेदेखि नै सतर्क रहेको भने कम मानिसको मृत्यु हुने उनले बताएका थिए । उनले अब त्यसमा शब्द चयन राम्रोसँग नगरिएको स्पष्टीकरण दिएका छन् । डा. फाउचीको अन्तर्वार्तापछि ट्रम्पले उनलाई संक्रमित रोगको प्रमुखबाट हटाइदिने अड्कलबाजी गरिएको थियो । फाउचीले भने, ‘मलाई काल्पनिक प्रश्न सोधिएको थियो र यस्ता प्रश्नले थुप्रै पटक समस्या निम्त्याउँछ । अन्तर्वार्तामा सोधिएको प्रश्नको जवाफको शब्द चयन राम्रोसँग गरिएको थिएन ।’ राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारी रोक्नका लागि आफूले सबै कुरा राम्रो गरिरहेको बताएका छन् । ट्रम्पले भने, ‘जब मैले सुरूवातमा नै संक्रमण रोक्नका लागि प्रतिबन्ध लगाएँ, त्यतिबेला पनि मेरो निकै आलोचना भयो ।’ अमेरिकामा ३० लाखमाथि कोरोना भाइरस परीक्षण गरिएको ट्रम्पले बताए । उनले दैनिक १५ हजार जनाको परीक्षण भइरहेको पनि जानकारी दिएका छन् । अमेरिकामा हालसम्म कोरोना भाइरसका ५ लाख ८६ हजार ९४१ जना संक्रमित छन् भने २३ हजार ६४० जनाको मृत्यु भइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २ २०७७०२:३९:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend