शनिवार, चैत्र २९ २०७६
काठमाडौंः नेपाल टेलिभिजनको आधिकारक ट्वीटर ह्यान्डल कम्युनिस्टहरुले दुरुपयोग गरेका छन्। सरकारी टेलिभिजनको दुरुपयोग नेकपाका एक जना नेताको शिघ्रस्वास्थ्य लाभको कामना गर्न दुरुपयोग गरिएको छ। शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको मुटुमा समस्या आएपछि अस्पताल भर्ना भए। भट्टराई अस्पताल भर्नाभएसँगै ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट मार्फत स्वास्थ्य लाभको कामना गरे।
उनले ट्वीटमा भनेका छन्, ‘प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईको Acute Inferior wall MI कारण गंगालाल हृदय केन्द्र, बाँसबारीमा Right coronary artery काे Primary angioplsty गरिएको छ । उहाँको अवस्था सामान्य रहेको छ । शीघ्र स्वास्थ्य लाभको शुभकामना।’
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईकाे Acute Inferior wall MI कारण गंगालाल हृदय केन्द्र, बाँसबारीमा Right coronary artery काे Primary angioplsty गरिएकाे छ । उहाँकाे अवस्था सामान्य रहेकाे छ । शीघ्र स्वास्थ्य लाभकाे शुभकामना ।
— Surya Thapa (@ThapajiSurya) April 11, 2020
उनको ट्वीटमा नेपाल टेलिभिजनले रिप्लाई गर्यो। जहाँ लेखिएको छ, ‘गेट वेल सुन कमरेड!’ नेपाल टेलिभिजनको ह्यान्डलबाट रिप्लाई आउने वित्तिकै सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ। स्क्रिन सट सहित सामाजिक सञ्जाल प्रयोगकर्ताले नेपाल टेलिभिजनसँगै ओलीको सचिवालयको खिल्ली उडाइरहेका छन्।
तर, सरकारी ह्यान्डल दुरुपयोग भएको यो पहिलो पटक भने होइन। दुई दिन अघि मात्रै शुक्रबार र शनिवार लकडाउनका कारण काठमाडौंमा रोकिएकालाई घर जान दिने सरकारले निर्णय गरेको प्रधानमन्त्री कार्यालयको अधिकारिक फेसबुकबाट सार्वजनिक गरिएको थियो। तर, चौतर्फी विरोधपछि सरकार १ घण्टामै व्याक भयो। जसको आलोचना सामाजिक सञ्जाल प्रयोगकर्ताले गरे। त्यसको लगत्तै त्यो फेसबुक पेज नै डिएक्टिभ गरियो।
केही समय अघि प्रधानमन्त्री ओलीको ट्वीटर ह्यान्डलबाट भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीको ट्वीट रिट्वीट भएको थियो। उक्त घटना पछि ओलीका प्रेस सल्लाहकार थापाले पासवर्ड ह्याक भएको बताएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।