पर्सा - जिल्लाका जालिम मुखिया कोरोना संक्रमण फैलाउने संदिग्ध गतिविधिमा संलग्न रहेको भन्दै भारतीय मिडियाले समाचार सार्वजनिक गरेपछि सीमाको जिल्ला पर्सामा सुरक्षा सतर्कता व्यापक बढाइएको छ ।
भारतीय सीमा सुक्षा बल एसएसबीको एक पत्रलाई उदृत गर्दै भारतीय समाचार संस्थाहरुले प्राथमिकताका साथ सो विषयमा समाचार प्रसारण गरेपछि भारत र नेपालमा यसले हलचल नै ल्याएको छ ।
मुखियालाई कोरोनाले ग्रसित व्यक्तिहरुलाई भारत पठाउन तयारी गरेको आरोप लागेको छ । सीमा सुक्षा बल एसएसबीको सैंतालिसौ बटालियनका कमाण्डेण्ट प्रियवर शर्माले चैत्र २१ गते वेतीयाका डिस्ट्रीक मेजिष्ट्रेट र एसपीलाई एक पत्र लेखी हातहतियार र जाली नोटको कारोवारमा समेत संलग्न रहेको मुखियाले कोरोना संक्रमितहरुलाई भारत प्रवेश गराउने तयारी गरेको उल्लेख गरेको संगिन आरोप सहित पत्र पठाएका थिए ।
शर्माले आफ्नो पत्रमा सीमामा उच्च सुरक्षा अपनाउन समेत आग्रह गरेका छन् । अहिले सोहि पत्रको आधारमा भारतीय सरकारले रक्सौलसँग जोडिएको नाकामा थप सुरक्षाकर्मी परिचालन गरेको छ ।
विदेशबाट आएका करीब २ सय मुसलमानहरूलाई मस्जिदमा संरक्षण दिएको र त्यसमध्ये कोरोना संक्रमित ५० जनालाई भारत पठाउन मुखियाले योजना बनाइरहेको शर्माले पठाएको पत्रमा जनाइएको छ ।
बारा र पर्साका विभिन्न मस्जिदमा बसिरहेका कोरोना संक्रमित केही मुसलमानहरू सिटामोल खाएर तापमान नियन्त्रण गर्दै बसेको खुफिया जानकारी समेत उनको पत्रमा छ । मुखियाले त्यस्ता संदिग्ध व्यक्तिहरूलाई भारत प्रवेश गराउन मौका कुरेर बसेको भन्दै सीमा सुरक्षा बढाउन माग समेत गरेका छन् । यो विषय भारतीय मिडियामा आएलगत्तै रक्सौल सीमामा १५ देखि २० ट्रक एसएसबीका जवान खटाइएको छ ।
को हुन् मुखिया ?
तत्कालीन माओवादीबाट टिकट लिई जगन्नाथपुर गाउँपालिकाका अध्यक्षमा निर्वाचित मुखिया संदिग्ध चरित्रका व्यक्ति भएको स्थानीय बताउँछन् । जंगल फडानी गरी काठ तस्करीमा संलग्न रहेको आरोपमा समेत उनले जेल सजाय काटिसकेका थिए । राजविराजमा हालै सम्पन्न इस्तेमामा जमातीहरूलाई ल्याउन र लैजान उनको भूमिका थियो ।
पाकिस्तानबाट आएका जमातीहरूलाई घुमाउने काममा पनि उनी संलग्न रहेका थिए । तराईमा ठाउँठाउँमा मदरसा बनाउने काममा पनि उनको संलग्नता रहँदै आएको छ ।
उनलाई नक्कली नोटको कारोबार र हातहतियारको कारोबारको समेत आरोप लाग्दै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।