आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेस नेता खतिवडाद्वारा ओखलढुंगामा स्वास्थ्य सामग्री वितरण

कांग्रेस नेता खतिवडाद्वारा ओखलढुंगामा स्वास्थ्य सामग्री वितरण

  • मंगलवार, चैत्र २५ २०७६

  • 5.5K
    SHARES

  • ओखलढुंगा– नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले गृहजिल्ला ओखलढुंगाका सबै स्थानीय तहमा कोरोना भाइरसको संक्रमणविरुद्ध आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरू वितरण गरेका छन् ।

    नेता खतिवडाले जिल्लाका सबै स्थानीय तहलाई मास्क, पीपीई, साबुन, पञ्जालगायतका सामग्री स्थानीय तहलाई उपलब्ध गराउनेछन् । उनले सोमबारदेखि स्थानीय तहका प्रमुखहरूलाई स्वास्थ्य सामग्री जिम्मा लगाउन शुरु गरेका छन् । खतिवडाले खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकालाई मास्कलगायतका सामग्री हस्तान्तरण गरेका छन् । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवारलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

    व्यक्तिगत खर्च र पहलमा ९ हजार मास्क, २५ वटा पीपीई र हात धुने साबुन, पञ्जालगायतका सामग्री उनले वितरण गरेको जनाएका छन् ।

    कांग्रेस नेता खतिवडाले ८ वटा स्थानीय तहलाई १ हजारका दरले मास्क र ३ वटाका दरले पीपीई वितरण गर्ने योजना बनाएको बताए ।जिल्लामा रहेको एउटा जिल्ला कमाण्ड पोष्टलाई १ हजार मास्क, एउटा पीपीई, साबुन, पञ्जालगायतका सामग्री समेत उनले दिने तयारी गरेका छन् ।

    सोही अनुरुप उनले सोमबार जिल्लाका दुई वटा गाउँपालिकाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । खतिवडाले खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकालाई १ हजार मास्क र ३ वटा पीपीई हस्तान्तरण गरेका छन् ।

    खतिवडाले लिखु गाउँपालकालाई पनि सोही संख्यामा सामग्री पठाएको बताए । उनले गाउँपालिकालाई हात लाग्ने गरेर सामग्री र लिखुवासीलाई चिठी समेत पठाएको बताए ।

    खतिवडाले अन्य स्थानीय तहलाई सामग्री वितरण गर्नका लागि भोलि अर्थात मंगलबार ओखलढुंगा आउने तयारी गरेको बताएका छन् ।

    उनले जिल्ला रहँदा केही स्थानीय तहमा सामग्री हस्तान्तरण गर्न आफैँ जाने योजना समेत बनाएका छन् । उनले जिल्ला सदरमुकाममा सिद्धिचरण नगरपालिका र जिल्ला कमाण्ड पोष्टलाई पनि सामग्री हस्तान्तरण गर्ने तयारी गरेको जनाएका छन् ।

    विपदमा रहेका ओखलढुंगेलीलाई राहत स्वरुप आफूले सकेको जति सहयोग गरेको खतिवडाले प्रतिक्रिया दिए । उनले सुखदुःख जतिबेलै सधैँभरि ओखलढुंगेलीसँगै रहने समेत प्रतिबद्धता जनाएका छन् । ‘केही माननीयहरू सरकारले पठाएका मास्क बोकेर मैले ल्याएको भन्दै जिल्ला पुगेको सुनेको छु’, खतिवडाले भने, ‘म त्यस्तो गर्दिनँ । आफ्नै खर्चमा स्वास्थ्य सामग्री ल्याएको छु ।’

    जितेका सांसदहरूले सबैसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा त्यसो नभएको खतिवडाको भनाई छ । ‘यो घडी भनेको तेरो मेरो भनेर बस्ने समय होइन’, उनले भने, ‘चुनावका दिन राजनीति गरौँ अहिले राजनीतिभन्दा माथि उठेर कोरोनाको सबैले सामना गरौँ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र २५ २०७६०५:२८:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend