लण्डन – विश्वव्यापी महामारी फैलिएको कोरोना भाइरसको संक्रमण देखिएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोमबार राति आईसीयूमा भर्ना गरिएको छ ।
आईतबार अस्पताल भर्ना भएका प्रधानमन्त्री बोरिसको स्वास्थ्य अवस्था खस्कँदै गएपछि उनलाई आईसीयूमा सारिएको उनको कार्यालय टेन डाउनिङ स्ट्रिटले बताएका छन् । ५५ वर्षीय जोनसनले आईतबार साँझ आफू नियमित परीक्षणका क्रममा अस्पताल भर्ना भएको र सबै एकजुट भएर लडेमा कोरोना भाइरसविरुद्धको लडाइँमा सफलता हात पार्ने विश्वास व्यक्त गरेका थिए ।
सोमबार अचानक बोरिसको स्वास्थ्यमा समस्या बढेको थियो । सेन्ट थोमस अस्पतालमा भर्ना हुनुअघि उनले घरबाटै प्रधानमन्त्रीको जिम्मेवारी बहन गर्दै आएका थिए । आईतबार अस्पताल भर्ना भएसँगै उनले विदेश मन्त्री डोमिनिक राबलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार बेलायती राष्ट्रिय स्वास्थ्य सेवाका चिकित्सकहरू जोनसनको उपचारमा खटिएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई ११ दिनअघि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।