आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

लम्बिएको लम्बियै लकडाउन ! बैशाख ३ गतेपछि सकिएला ?

लम्बिएको लम्बियै लकडाउन ! बैशाख ३ गतेपछि सकिएला ?

  • सोमवार, चैत्र २४ २०७६

  • 5.0K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लकडाउनलाई थप ८ दिन बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । सरकारले लकडाउनको अवधि दोस्रो पटक थपेको छ । कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ गतेबाट १८ गतेसम्मका लागि लकडाउन घोषणा गरेको थियो । चैत १८ गतेपछि सरकारले २५ गतेसम्म म्याद थपेको थियो । यसबीच कैलालीमा विदेशबाट नआएका व्यक्तिमा समेत कोरोनाको संक्रमण देखिएपछि कोरोना स्थानीय स्तरमा समेत फैलिन थालेको पुष्टि भएको थियो । सरकारले सोमबार निर्णय गर्दै बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याएपनि सरकारले गर्नुपर्ने धेरै काम बाँकी रहेका छन् । कोरोना संक्रमितको सम्पर्क हुँदै एकै विमानमा विदेशबाट आएका व्यक्ति, विदेशबाट घरसम्म बागलुङ र कैलालीसम्म पुग्दा संक्रमितको सम्पर्कमा आएका सबै व्यक्तिको सरकारले पहिचान गर्न सकेको छैन । भारतबाट आएका धेरै व्यक्तिहरू सरकारको सम्पर्क विनै देशका विभिन्न गाउँमा पुगेका छन् । ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर ‘कोरोना चेन’ अवरुद्ध गर्न नसक्दासम्म लकडाउन खोल्नु जोखिमपूर्ण हुने भएकाले सरकारले यी सबै काम आगामी १ हप्तासम्म गर्नसक्ने देखिँदैन । भारतबाट आएका १/१ व्यक्तिमा समेत कैलाली, कञ्चनपुरमा कोरोना संक्रमण देखिएकाले आगामी एक हप्ता अन्य व्यक्तिमा समेत कोरोनाको लक्षण देखिएर कोरोना पहिचान हुनसक्ने अनुमान सर्वसाधारणस्तरमा हुन थालेको छ । नयाँ पहिचान भएका व्यक्तिको समेत कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले लकडाउन अझै लम्बिनसक्ने जानकारहरू बताउँछन् । स्थानीय स्तरमा कोरोना संक्रमण देखिएपछि सरकारले आईतबार अन्तर स्थानीय तह आवतजावतमा झन् कडाइ गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले पनि लकडाउन लम्ब्याएर कडाइका साथ पालना गराउनुपर्नेमा जोड दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २४ २०७६०२:५२:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend