आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

स्वास्थ्य सामग्री खरिदमा फसे ईश्वर पोखरेल र भानुभक्त ढकाल, अख्तियारले लियो बयान

स्वास्थ्य सामग्री खरिदमा फसे ईश्वर पोखरेल र भानुभक्त ढकाल, अख्तियारले लियो बयान

  • बिहिवार, चैत्र २० २०७६

  • 8.7K
    SHARES

  • काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी फैलिएका बेला स्वास्थ्य सामग्री खरिद विवादमा मुछिएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको छ । बुधवार मन्त्रीविरुद्ध उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरू गरेको हो । कोरोनाको उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिनका क्रममा अख्तियारले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग बयान लिएको छ । बिहीवारदेखि उजुरीमाथि छानबिन थालेको अख्तियारले दिउँसो महानिर्देशक श्रेष्ठसँग अनौपचारिक बयान लिएको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले सबै उजुरीजस्तै बुधबार आएको उजुरीको पनि आवश्यक प्रकिया अघि बढेको बताए । ‘आयोगमा आउने सबै उजुरीको कार्यविधि अनुसार आवश्यक प्रकिया अघि बढ्छ, सामग्री खरिदको उजुरीको पनि प्रकिया अघि बढेको छ, छानबिनमा रहेका कतिपय उजुरीको विषय प्रवक्तालाई पनि जानकारी हुँदैन, सो बिषयबारे मेरो जानकारीमा यति मात्रै छ,’ प्रवक्ता कोइरालाले भने । कोरोना भाइरसको उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री विना प्रतिस्पर्धा ओम्नी इन्टरनेसनललाई प्रचलित मूल्यभन्दा बढीमा ल्याउन दिने गरी सम्झौता भएपछि सरकारको चौतर्फी आलोचना भएको छ । व्यापक आलोचनापछि सरकारले सम्झौता रद्द गरेको छ । कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य सामग्री विश्वभर नै अभाव भएको भन्दै विभागले २० प्रतिशतसम्म मूल्य बढी भएको स्वीकार गरेको छ । स्वास्थ्य सामग्री एउटा समूहलाई मात्रै दिने विषय विवादित बनेपछि विभागले बुधवार शर्त भए अनुसारका सामग्री ल्याउन नसकेको भन्दै सम्झौता भंग गर्दै ५ करोड रुपैयाँ धरौटी समेत जफत गर्ने निर्णय समेत गरेको छ । विभागले ओम्नीसँग एक अर्ब ३४ करोड रुपैयाँको ठेक्का गरेको थियो । कम्पनीले २१ करोडको सामान ल्याइसकेको अवस्थामा बुधवार ठेक्का भंग गरिएको छ । स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै विभिन्द ७ बुँदे आरोपसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका थिए । बिहीवार उपप्रधानमन्त्री पोखरेललाई समेत मुछेर अर्काे मुद्दा अख्तियारमा परेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २० २०७६०३:२९:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend