काठमाडौं – कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै गएको छ ।
मंगलबार बिहानसम्म ३७ हजार ८१४ जनाले ज्यान गुमाएका छन् । सोमबार एकैदिन २ हजार १४६ जनाले ज्यान गुमाएका छन् ।
मंगलबार बिहानसम्म विश्वभर कोरोनाले ७ लाख ८५ हजार ७१२ जना संक्रमित छन् भने १ लाख ६५ हजार ६०६ जना निको भएका छन् ।
कोरोनाले सोमबार एकैदिन इटलीमा ८१२ जनाले ज्यान गुमाएका छन् । इटलीमा ७५ हजार ५२८ जना संक्रमित छन् । जसमध्ये ३ हजार ९८१ जना गम्भीर अवस्थाका छन् ।
इटलीमा नयाँ संक्रमित ४ हजार ५० जना थपिएका छन् । इटलीमा सोमबार सबैभन्दा बढीले ज्यान गुमाएका छन् । हालसम्म इटलीमा ११ हजार ५९१ जनाले ज्यान गुमाइसकेका छन् ।
स्पेनमा ५३७ जनाले ज्यान गुमाएका छन् । स्पेनमा ५ हजार ८५ जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा ६१ हजार ७५ जना संक्रमित छन् । जसमध्ये ५ हजार २३१ जना गम्भीर छन् । १६ हजार ७८० जनाको उपचार भइसकेको छ ।
कोरोनाले स्पेनमा हालसम्म ७ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् । अमेरिकामा १ लाख ६४ हजार बढी संक्रमित पुगेका छन् भने ३ हजार १६४ जनाले ज्यान गुमाइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।