बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

बैंकका ऋणीलाई राष्ट्र बैंकको राहत, चैतको किस्ता रकम असारसम्म तिर्दा हुने निर्देशन

बैंकका ऋणीलाई राष्ट्र बैंकको राहत, चैतको किस्ता रकम असारसम्म तिर्दा हुने निर्देशन

  • आइतवार, चैत्र १६ २०७६

  • 6.1K
    SHARES

  • काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीबाट बच्न सरकारले लकडाउनको घोषणा गरेपछि अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले बैंकका ऋणीका लागि सहुलियत घोषणा गरेको छ । बैंकको घोषणा अनुसार कोरोनाले असर परेका क्षेत्रका ऋणीले चैतमा तिर्नुपर्ने गरी तोकिएको कर्जाको किस्ता रकम बुझाउने म्याद असार मसान्तसम्म दिइएको छ । राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटीले चैतमसान्तसम्म कर्जा तिर्नुपर्ने ऋणीले असार मसान्तसम्म ऋण तिर्न सकिने जनाएका छन् । यद्यपि तोकिएकै समयमा व्याज तिर्नेहरूको लागि पनि छुट्टै व्यवस्था गरिएको उनले बताएका छन् । ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले सहुलियतको निर्णय गरिएको उनले जनाएका छन् । ‘चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज असार मसान्तसम्म तिरेपनि थप ब्याज तथा जरिवाना लाग्दैन,’ शिवाकोटीले भने । राष्ट्र बैंकका अनुसार कसैले चैत महिनामा नै तिर्न चाहे तिर्नुपर्ने ब्याजमा १० प्रतिशत छुट पाइने भएको छ । राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरूको पहिचान गरी ती क्षेत्रहरूका लागि पुनः विशेष प्याकेज ल्याउन सक्ने जनाइएको छ । बैंक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने रकम नेपाल सरकार तथा प्रदेश सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा खर्च गर्न पाउने सुविधा समेत राष्ट्र बैंकले दिएको छ । हेर्नुस् राष्ट्र बैंकको निर्देशन –

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र १६ २०७६०३:२०:४४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend