आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

दुई तिहाइँको कम्युनिस्ट सरकारलाई गगन थापा एक्लै भारी, के हो कारण?

दुई तिहाइँको कम्युनिस्ट सरकारलाई गगन थापा एक्लै भारी, के हो कारण?

  • आइतवार, चैत्र १६ २०७६

  • 6.1K
    SHARES

  • काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापा दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकारलाई एक्लै भारी परेका छन्। प्रधानमन्त्री केपी ओली नेतृत्वमा मन्त्री र राज्यमन्त्री गरेर २४ जना छन् ।

    तर, विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसविरुद्ध फिल्डमै खटिएका भने उपप्रधानमन्त्री ईश्वर पोखरेल मात्रै देखिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आलोचित बनिरहँदा कांग्रेसका दुई युवा नेताको भूमिका र सक्रियता निकै उदाहरणीय छ ।

    ती हुन् गगन थापा र विश्वप्रकाश शर्मा । शर्मा कांग्रेसका प्रवक्तासमेत हुन् । थापा भने पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन् । थापा र शर्मा नेपाली जनताले आश गरेका युवा नेता हुन् । शर्माले सामाजिक सञ्जालमार्फत पार्टीले खेल्ने भूमिका र पार्टीको धारणा सार्वजनिक गरिरहेका छन् । उनले जनतालाई कसरी सतर्कता अपनाउने भन्ने पनि जानकारी गराइरहेका छन् ।

    यस्तो विपतका बेला गगन थापा भने दुई तिहाइ सरकारका मन्त्रीमाथि भारी देखिएका छन् । सरकारमा रहेका मन्त्रीले गर्नुपर्ने काम अहिले उनी आफैंले गरिरहेका छन् । जनतालाई कसरी सचेत र सतर्कता बनाउनेदेखि राज्यले कोरोनाविरुद्ध कसरी लड्ने, स्वास्थ्यकर्मीलाई कसरी परिचालन गर्ने तथा के कस्ता उपकरण आवश्यक पर्छ भनेर उनी दिनहुँ आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।

    त्यति मात्र होइन, उनले सामाजिक सञ्जालमार्फत जनतालाई सचेत गराउनेदेखि सरकारले गर्नुपर्ने काम र खेल्नुपर्ने भूमिकाबारे प्रधानमन्त्री केपी ओलीलाई पत्र लेखेर अवगत गराएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र १६ २०७६०९:४६:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend