आइतवार, चैत्र १६ २०७६
काठमाडौं- कोरोना भाइरसका कारण मुलुक लकडाउनमा छ। यस्तो बेला सबैभन्दा बढी सक्रियता अर्थमन्त्रीको रहनुपर्ने हो । तर, अर्थमन्त्री डा.युवराज खतिवडाको सक्रियता शून्य बराबर छ । अझ सञ्चार मन्त्रालयको जिम्मेवारी पनि पाएकाले उनी अर्थमन्त्रीभन्दा बढी सञ्चारमन्त्री बनेका छन् ।
खतिवडा सरकारका प्रवक्तासमेत हुन् । त्यसैले लकडाउनको बेला घरभित्रै थुनिएका जनताको अवस्था कस्तो छ? दैनिक ज्यालादारीमा काम गर्ने १६ लाखभन्दा बढी श्रमजीवी मजदुरको अवस्था कस्तो छ रु उनीहरुका लागि सरकारले कस्तो खालको राहत कार्यक्रम ल्याउन खोजेको छ? भन्ने गृहकार्यबारे जानकारी दिनुपर्ने दायित्व अर्थमन्त्रीको हो । तर, अर्थमन्त्री खतिवडाले यसबारे मुखै खोलेका छैनन् ।
प्रधानमन्त्रीपछि जुनसुकै देशमा अर्थमन्त्रीको भूमिका बढी हुने गर्छ । छिमेकी देश भारतमा अर्थमन्त्रीले करोडौं गरिब जनतालाई खातामै राहतको पैसा जानेगरी कार्यक्रम घोषणा गरिसकेकी छन् । तर, नेपालमा भने कोरोना आफैंलाई लाग्ने हो कि भनेर अर्थमन्त्री नै बाहिर देखिन छाडेको अनुभूति जनताले गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।