काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको दुखाइ बनेको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा संक्रमितको संख्या १ लाखभन्दा बढी पुगेको छ । चीनबाट सुरू भएको कोरोना भाइरस अमेरिकामा महामारीको रुपमा फैलिन थालेको छ । हाल अमेरिकामा सबैभन्दा बढी संक्रमित रहेका छन् ।
संक्रमितको संख्या हेर्दा दोस्रो स्थानमा इटाली रहेको छ । शनिवार बिहानसम्म इटालीमा ८६ हजार बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।
चीनमा संक्रमितको संख्या ८१ हजार बढी रहेको छ । जसमध्ये ५४ जना नयाँ संक्रमित थपिएका छन् । चीनमा ज्यान गुमाउनेको संख्या ३ हजार २९६ छ भने इटालीमा भने मृतकको संख्या ९ हजार १३४ पुगेको छ ।
अमेरिकामा गत २४ घण्टाभित्र १८ हजार नयाँ संक्रमित थपिएका छन् । यससँगै संक्रमित संख्या १ लाख नाघेको छ । अमेरिकामा थप ३४५ को ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गत डिसेम्बर अन्तिमदेखि चीनको वुहानबाट फैलिएको कोरोना संक्रमण विश्वका २०१ देशमा पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । यससँगै संक्रमित संख्या ५ लाख ९३ हजार २९१ पुगेको छ भने २७ हजार १९१ ले ज्यान गुमाइसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।