बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

हात्तीको आक्रमणबाट २ जना घाइते, सहयोगका लागि हारगुहार !

हात्तीको आक्रमणबाट २ जना घाइते, सहयोगका लागि हारगुहार !

  • बिहिवार, चैत्र १३ २०७६

  • 5.6K
    SHARES

  • काठमाडौं – सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१ गिचिहानीमा हात्तीको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइतेहरूको दुधौली नगरपालिकास्थित डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा उपचार हुन नसकी थप उपचारका लागि ट्रमा सेन्टरको आकस्मिक कक्षमा भर्ना गरिएको नगरपालिकाका कर्मचारी तथा स्थानीय प्रमोद अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार हात्तीको आक्रमणबाट दुधौली नगरपालिका–१ गिचिहानीका देवु धामी र उनकी पत्नी फूलपाती धामी घाइते भएका छन् । धामी परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारका लागि पर्याप्त खर्च नभएकाले समस्या भइरहेको स्थानीय रमेश काफ्लेले जानकारी दिए । ‘राज्यको तर्फबाट उपचारका लागि सहज ढंगले सहयोगको अपेक्षा गरेका छौं,’ उनले भने, ‘कोही सहयोगी हातहरूले पनि सहयोग गर्न सक्छन् । हामी सहयोगका लागि सबैलाई आग्रह गर्छाैं ।’ यसअघि गत असार–साउनमा कमला नदीमा आएको बाढीले धामी परिवारलाई सताएको थियो । त्यसपछि ट्याक्टर दुर्घटनामा घाइते भएका धामीको खुट्टामा १४ वटा स्टिल राखिएको छ । हात्तीको आक्रमणबाट धामीको करङ भाँचिएको र आँखा फुटेको स्थानीयले जनाएका छन् । धामी पत्नीको कम्मरमुनिको भाग चलेको छैन । ‘भगवान् जहाँ पातलो त्यहीँ प्वाल भएको छ, सबैको साथ र सहयोगको आशा गरेका छौं,’ स्थानीय काफ्लेले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र १३ २०७६०२:०६:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend