बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

भारतबाट फर्केर कोरोना क्वारेन्टाइनमा बसेका १ व्यक्तिको मृत्यु

भारतबाट फर्केर कोरोना क्वारेन्टाइनमा बसेका १ व्यक्तिको मृत्यु

  • बिहिवार, चैत्र १३ २०७६

  • 5.3K
    SHARES

  • काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणको रोकथामका लागि पोखरामा बनाइएको क्वारेन्टाइनमा बसेका भारतबाट फर्किएर १ व्यक्तिको मृत्यु भएको छ । जिल्लाको रुपा गाउँपालिका निवासी ५० वर्षीय ती व्यक्ति भारतको हैदराबादबाट फर्किएका थिए । उनी १२ दिनअघि भारतबाट घर फर्किएका र मंगलवारबाट क्वारेन्टाइनमा राखिएको रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए । ती व्यक्तिलाई थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लैजाँदै गर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने, ‘मुटुको रोगी, कलेजोमा पानी जमिराखेको भन्ने थियो ।’ ती व्यक्तिलाई क्वारेन्टाइनमा राखेको र थप उपचारका लागि पश्चिमाञ्चल अस्पताल पोखरा ल्याउने क्रममा मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले बताएका छन् । उनको मृत्यु कोरोनाकै कारणले भयो कि अन्य कुनै रोगका कारण भयो भन्नेबारे परीक्षण भइसकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र १३ २०७६१२:२८:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend