बुधवार, चैत्र १२ २०७६
काबुल–अफगास्तिानको काबुलमा शीखहरुको धार्मिक भेलामा इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया (आइसिस)ले हमला गरेको छ । बुधबार दिउँसो काबुल शहरको केन्द्रमा अवस्थित एक गुरुद्धारामा आइसिसबाट हमला भएको हो । आक्रमणबाट हालसम्म ४ जनाको मुत्यु भइसकेको छ भने प्रहरीको प्रयासको बावजुद पनि आक्रमण जारी छ । अफगानिस्तानको आन्तिरक मामिला मन्त्रालयको अनुसार घटनामा स्थलमा तुरन्तै प्रहरी पठाइएको थियो । प्रहरीले आमक्रण रोक्ने कोशिस गरिरहेको भएपनि स्थिती अझै नियन्त्रणामा आएको छैन् ।
एक शीख सांसद नरिन्द्र सिंह खाल्सालाई गुरुद्धारा भित्रैबाट एक जना श्रद्धालुले फोन गरेर आक्रमणाको जानकारी दिएका थिए । सांसद खाल्साले जानकारी पाएलगतै प्रहरीलाई खबर गरेका थिए । गुरुद्धारा भित्र करीब १५० जना श्रद्धालुहरु छन् । उनीहरुलाई आत्माघाती हमलाबर तथा बन्दूकधारीहरुले घेरिरहेको छ ।
इस्लामिक स्टेट अफ इराक एण्ड सिरिया (आइसिस)ले उक्त हमलाको जिम्मा लिएको छ । यसै महिना उक्त समुहले ३२ जनाको ज्यान जाने गरी त्यहाँको अल्संख्यक मुस्लिम समुदाय सियामाथि आक्रमण गरेका थियो । अफगानिस्तानमा शीख समुदाय पनि अल्पसंख्यक छन् । अफगास्तिानमा इस्लामिक अतिवादीहरु अल्पसंख्यकमाथि समय समय गर्दैआएका छन् ।
यसरी विश्व नै कोरोनाको चपेटमा परेको बेला पाकिस्तान समर्थित आइसिसलगायतका आतंककारी संस्थाहरुले हमला जारी रहनु अमानवीय भएको भन्दै चौतर्फीहरु आलोचना भईरहेको छ । हाल कारोना विरुद्धको लडाईँमा सम्पुर्ण विश्व नै एकजुट भएको बेला पाकिस्तानले आतंकबादी संस्थाहरुलाई पु¥याइरहेको सहयोग तुरुन्तै रोक्नुपर्दछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।