बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चीनमा अर्को भाइरस, एकको मृत्यु

चीनमा अर्को भाइरस, एकको मृत्यु

  • बुधवार, चैत्र १२ २०७६

  • 3.9K
    SHARES

  • युनान– विश्वव्यापी टाउको दुखाईको विषय रहेको कोरोना भाइरसले यतिबेला विश्व आतंकित भइरहेका बेला चीनबाट फेरि अर्को भाइरस सुरु भएको छ ।

    चिनियाँ सञ्चारमाध्यमहरुले जनाए अनुसार हान्ता नाम गरेको नयाँ भाइरसले चीनमा एक जनाको मृत्यु भएको हो। मृत्यु भएका व्यक्ति युनान प्रान्तका स्थायी वासिन्दा हुन् । उनको सान्डोङ प्रान्त जाने क्रममा बसमै मत्यु भएको हो।

    उनको मृत्यु लगत्तै उनी चढेको बसमा रहेका अरु ३२ यात्रुको परीक्षण गर्दा हान्ता नामक भाइरस भेटिएको चिकित्सकहरुले जनाएका छन् ।

    मुसाबाट सर्ने यो भाइरस मानिसबाट मानिसमा भने नसर्ने बताइएको छ। यो भाइरस मुसाको पिसाब र र्‍यालबाट मानिसमा सर्ने अनुसन्धानकर्ताहरुले बताएका छन्।

    यसका लक्षण थकान, ज्वरो आउने, मांशपेशी दुख्ने, रिंगटा लाग्ने आदि हुन्। रोगले वढी सताएपछि खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या आउनुका साथै यसकै कारण मानिसको ज्यान जाने पनि चिकित्सकले बताएका छन्। घरघरमा रहने मुसाको संख्या नियन्त्रण गर्नु नै हान्ता भाइरसबाट बच्ने उपाय भएको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र १२ २०७६११:३८:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend