काठमाडौं- फ्रान्सबाट आएका एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरि कोरोना भाइरसको संक्रमणको अवस्थाबारे जानकारी दिएका छन्। उनले एक जनामा संक्रमण देखिएको बताएका छन्। उनी चैत ४ गते फ्रान्सबाट आएका थिए।
उनी चैत ४ गते फ्रान्सबाट आएका थिए। शंका लागेपछि अस्पताल भर्ना भएका उनलाई आइतबार संक्रमण भएको पुष्टि भएको हो।
सोमबार जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्यमन्त्री ढकालले बताए। उनलाई शुक्रराज ट्रपिकल अस्पतालमा उपचार भइरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।