काठमाडौं - कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तीन ठूला शीर्ष नेताहरूको गोप्य वार्ता भएको छ । प्रधानमन्त्री ओली केहि बेर अगाडी मात्र अस्पताल बाट डिस्चार्ज भएका छन् ।
काठमाडौंको नयाँबानेश्वरमा बिहीबार दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम र वरिष्ठ नेता माधवकुमार नेपालवीच गोप्य वार्ता भएको हो ।
स्रोतका अनुसार गोप्य वार्तामा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभाको सांसद बनाउने विषयमा प्रधानमन्त्री ओलीलाई दवाव दिने सहमति भएको छ ।
वरिष्ठ नेता नेपाल निकट मानिने नेकपाका नेता एवम् सांसद सोमप्रसाद पाण्डेको निवासमा गोप्य वार्ता भएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली अस्पतालमा रहेका बेला प्रचण्डले नेता नेपाल, उपाध्यक्ष गौतमसहितका थुप्रै नेताहरूसँग गोप्य रुपमा परामर्शहरू गरेका छन् । ती परामर्शहरूका विषयमा केही भनिएको छैन ।
प्रधानमन्त्री ओली शुक्रबार डिस्चार्ज हुने चर्चा चलिरहेका बेला एक दिन अगाडि नेकपाका तीन ठूला नेताहरूको गोप्य बैठकले सरकार र पार्टीभित्र हलचल ल्याइदिएको छ ।
वरिष्ठ नेता नेपाल पछिल्लो समय नेकपाभित्र शक्तिसन्तुलनका हिसाबले बलियो हुँदै आएका छन् । नेपालको गतिविधि र प्रचण्डका परामर्शहरूले ओलीलाई भावी दिनमा तनाब दिनेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।