काठमाडौँ- नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उप-राष्ट्रपति नन्द बहादुर पुनसङ्ग औपचारिक भेटबार्ता गरेका छन् ।
बिहीबार उप-राष्ट्रपति भवनमा औपचारिक भेटबार्ता गरेका हुन्। क्वात्राले आजै दिउसो रास्ट्रपति बिद्या देवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए।
यसका साथै उनले आजबाट नेपालका लागि भारतीय राजदूतको कार्यभार समालेका हुन् ।
क्वात्रा नेपालका लागि २५ औं राजदूत हुन् । डिसेम्बर २०१९ मा पूर्व राजदूत मञ्जीवसिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।