काठमाडौं – कम्युनिस्ट विचारधाराबाट प्रेरित भएर चर्चामा आएका भारतका चर्चित कम्युनिस्ट युवा नेता कन्हैया कुमारविरुद्ध राजद्रोहको मुद्दा चल्ने भएपछि कम्युनिस्टहरूलाई आपत आइलागेको छ ।
नयाँदिल्लीको अरविन्द केजरीवाल नेतृत्वको सरकारले कन्हैया कुमारविरुद्ध राजद्रोहको मुद्दा चलाउन अनुमति प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रवार केजरीवाल नेतृत्वको दिल्ली सरकारले कन्हैयाविरुद्ध मुद्दा चलाउन अनुमति दिएको छ ।
सन् २०१६ फेब्रुअरी ९ मा जवाहरलाल नेहरु विश्वविद्यालयमा कथित रुपमा भारत विरोधी नारा लगाएको विषय विवादमा परेको थियो । भारतीय प्रहरीले कन्हैया कुमार, उमर खालिद र अनिर्बान लगायत अन्य सात जनाविरुद्ध देशद्रोहको मुद्दा दायर गरेको थियो ।
पुलिसले अदालतमा आरोपपत्र दायर गरेपनि दिल्ली सरकारले अनुमति नदिँदा मुद्दा प्रभावित भइरहेको थियो । केही दिनअघि सर्वोच्च अदालतमा बिन्तीपत्र पनि दर्ता गरिएको थियो । जसमा दिल्ली सरकारलाई मुद्दा चलाउन दिन अदालतसँग अपिल गरिएको थियो । तर सर्वोच्च अदालतले बिन्तीपत्र रद्द गरेको थियो ।
कन्हैया कुमार आकर्षक भाषणका कारण चर्चामा आउने गरेपनि उनका कतिपय भाषण विवादमा पर्ने गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।