बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

आज देशभर शैक्षिक आमहड्तालको घोषणा

आज देशभर शैक्षिक आमहड्तालको घोषणा

  • बुधवार, फाल्गुण १४ २०७६

  • 4.7K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिबन्धित गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाले फागुन १४ गते शैक्षिक आमहड्तालको आह्वान गरेको छ । विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल सफल पार्न आह्वान गरेको छ । काठमाडौं जिल्ला अध्यक्ष डीबी शाहीले मंगलवार जारी गरेको विज्ञप्तिमा शैक्षिक हड्ताल सफल पार्न सम्बन्धित सबैलाई सहयोग गरिदिन आह्वान गरेका छन् । संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरेको विरोधमा फागुन १४ गते बुधवार विप्लव नेकपाले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ । फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरिरहेको बेला काठमाडौंबाट क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विकलाई पक्राउ गरिएको थियो । नेताहरूविरुद्ध प्रहरीले अभद्र व्यवहारको मुदा लगाएको छ । सरकारले विप्लव नेकपामा आवद्ध नेता कार्यकर्तालाई पक्राउ गर्दै हिरासतमा राख्दै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १४ २०७६१२:५१:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend