बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओलीले गरे पार्टी नीतिको गम्भीर उल्लंघन, प्रचण्डले कारवाही गर्न सक्छन् ?

केपी ओलीले गरे पार्टी नीतिको गम्भीर उल्लंघन, प्रचण्डले कारवाही गर्न सक्छन् ?

  • आइतवार, फाल्गुण ११ २०७६

  • 6.5K
    SHARES

  • काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नीतिको गम्भीर उल्लंघन गरेका छन् । आफू समेत सम्मिलित पार्टीको सचिवालय बैठकले जारी गरेको आचारसंहिता उल्लंघन गर्दै ओलीले जन्मदिन मनाएका छन् । गत माघ महिनामा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेको नेकपाको ११ बुँदे आचारसंहितामा जन्मदिनजस्ता कार्यक्रम परिवारमा मात्रै मनाउन पाइने उल्लेख छ । नेकपाका नेता कार्यकर्ताका लागि ११ बुँदे आचारसंहिता जारी गरेको थियो । आचारसंहिताको बुँदा नम्बर २ मा जन्मदिन, ब्रतवन्ध पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्ने उल्लेख थियो । तर पार्टीको आचारसंहिता विपरीत प्रधानमन्त्री समेत रहेका ओलीले ६९ औं जन्मोत्सव मनाउने क्रममा बालुवाटारमा परिवार बाहेकका व्यक्तिलाई समेत सहभागी गराएका छन् । ओलीको जन्मदिन मनाउन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्व गृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङ लगायत सहभागी भएका छन् । नेकपाको आचारसंहितामा उल्लेख छ, ‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्ने छ । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ ।’ पार्टी अध्यक्ष नै आचारसंहिता विपरीत गएकाले कार्यकारी अध्यक्ष प्रचण्डले ओलीमाथि के कारवाही गर्छन् ? कारवाही गर्न सक्छन् कि सक्दैनन् ? हेर्न बाँकी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण ११ २०७६०६:४४:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend