बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

पाेर्न साइट प्रतिबन्ध लगाएकाे सरकारका प्रधानमन्त्रीकै वेवसाइटमा पाेर्न भिडियाे !

पाेर्न साइट प्रतिबन्ध लगाएकाे सरकारका प्रधानमन्त्रीकै वेवसाइटमा पाेर्न भिडियाे !

  • शनिवार, फाल्गुण ३ २०७६

  • 10.2K
    SHARES

  • काठमाडौं– नेपालमा पाेर्न साइटमाथि प्रतिबन्ध लगाएकाे कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीकाे वेवसाइटमा पाेर्न भिडियाे अपलाेड भएकाे छ। पाेर्न साइटका कारण बलात्कार बढेकाे भन्दै बन्द गर्ने घोषणा गरी आलोचनाका पात्र बनेका ओलीको आफ्नै व्यक्तिगत वेबसाइटमा अश्लील भिडियो अपलाेड भएकाे हाे । ओलीको व्यक्तिगत साइट www.kpsharmaoli.com मा अश्लील भिडियाे अपलाेड गरिएकाे छ। यो साइटमा प्रधानमन्त्री ओलीबारेका जानकारी भन्दा पनि अश्लील भिडियोहरु देखा पर्छन् । डोमेनहरुबारे जानकारी दिने साइट www.whois.com का अनुसार चीनको सिचुआँ प्रान्तका एकजनाले आफ्नो नाममा उक्त डोमेन दर्ता गरी अश्लील भिडियो अपलोड गरेका हुन् । यद्यपि नेपालमा भने यो साइट खुल्दैन । साइट खोल्दा ‘सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्देशानुसार साइट बन्द गरिएको’ भन्ने सूचना आउँछ । तर, कहिलेदेखि यो साइट बन्द छ भन्ने स्पष्ट छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण ३ २०७६०८:०६:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend