आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

ओली सरकार इतिहासकै गफाडी, खर्च र आम्दानीको लक्ष्य पुरा गर्न असफल

ओली सरकार इतिहासकै गफाडी, खर्च र आम्दानीको लक्ष्य पुरा गर्न असफल

  • बिहिवार, फाल्गुण १ २०७६

  • 6.6K
    SHARES

  • काठमाडौं– नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको २ वर्ष बितेको छ। ओली नेतृत्वको सरकारले २ ओटा बजेट समेत ल्याइसकेको छ।

    आर्थिक वर्ष २०७४–७५ को आधा समयदेखि ढुकुटी सम्हाल्न आइपुगेको सरकारले समृद्ध नेपालको नारा रटिरहेको छ। तर, बजेट परिचालनमा भने सरकार कमजोर देखिएको छ। पहिलो वर्ष पाँच महिना बजेट कार्यान्वयन गरेको सरकारले गएको वर्ष भने पूरा समय आफैले ल्याएको बजेट कार्यान्वयन गरेको थियो।

    गएको वर्षलाई आर्थिक समृद्धिको आधार वर्ष भएको वित्तीय संघीयता कार्यान्वयमा सरकार अल्झिंदा विकास र समृद्धिको परिणाम देखिन समय लाग्ने भनेर पन्छिएको सरकार आफैले ल्याएको दोस्रो वर्षको बजेटमा पनि विगतै निरन्तरतामामा रहेको छ।

    अर्थात् यो वर्ष पनि सरकार आफैले संसदमा पेस गरेको बजेट संसोधन भएको छ। यो वर्षका लागि आम्दानी र खर्चको अनुमान सरकारले गएको छ महिनाको तथ्यांकका आधारमा संसोधन गरेको छ।

    संसदबाट पारित भएको उक्त अनुमान अर्थमन्त्री डा युवराज खतिवडाले यो वर्ष पनि संसोधन गरेका छन्।

    खतिवडाले सुरुवाति अनुमान १५ खर्ब ३२ अर्ब ९६ करोडमा संसोधन गर्दै यो वर्ष १३ खर्ब ८५ अर्ब ९६ करोडमात्र खर्च हुने अनुमान गरेका छन्। अर्थात् गएको वर्षको सुरुवाति बजेटको तुलनामा ७० अर्बमात्र बढी।

    गएको छ महिनामा सरकारले कूल बिनियोजित बजेटको २७ प्रतिशतमात्र खर्च गरेको छ। अर्थात् १५ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारले जम्मा ४ खर्ब २२ अर्बमात्र खर्च गरेको छ।

    यो अघिल्लो वर्षको तुलनामा जम्मा १२ प्रतिशत बढी हो। पुँजीगत खर्चको बृद्धि १३ प्रतिशतले गरेको सरकारले कूल बिनियोजनको जम्मा १५ प्रतिशतमात्र गरेको छ। अर्थात् यो पनि अघिल्लो वर्षकै अनुपातमा छ।

    यसमध्ये खतिवडाले चालुतर्फ सुरु अनुमानमा ५३ अर्ब घटाएका छन्। अब यो शिर्षकमा ९ खर्ब ४ अर्बको अनुमान गरिएको छ।

    खतिवडाले पुँजीगततर्फ ८२ अर्बको अनुमान कटौति गरेका छन्। अर्थात् यो शिर्षकमा अब ३ खर्ब २६ अर्ब खर्च गर्ने सरकारको योजना छ।

    सरकारी खर्चको अनुमान संसोधन गर्नु बाध्यता रहेको खतिवडाले बताएका छन्। अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा उनले विभिन्न कारणले अनुमान संसोधन गर्नुपरेको प्रष्टिकरण दिएका छन्।

    तर अघिल्लो वर्षको जस्तो नीति निर्माणमा सरकार केन्द्रित हुँदा भनेजस्तो खर्च नहुँदा अनुमान संसोधन गर्नुपरको ठोस कारण दिन सकेनन्।

    अघिल्ला सरकारका पालामाजस्तै बजेटमा रहेका कार्यक्रम कार्यान्वयन गर्न स्पष्ट विधि तय नहुनु। समयमै ठेक्का नलाग्नु। तयारी अवस्थाका आयोजनामा सार्वजनिक खरिद नियमावली संसोधनले अलमलमा पारेका जस्ता सदाबहार कारक अघि सारेर खर्च गर्न नसकिएको खतिवडाको भनाइ छ।

    सरकारले गएको ६ महिनामा खरिद सम्बन्धि ऐन र कानून संसोधनमै बिताएको थियो। त्यसको असर विकास निर्माणमा देखिएको छ। सरकारको नीतिगत प्रभाव र हस्तक्षेप अभावले बजेट खर्च तुलनात्मक रुपमा बढ्न सकेको छैन।

    खर्चमात्र होइन राजश्व अनुमानमा पनि यो सरकार असफल भइरहेको छ। यो सरकार आउनु पूर्व जेनतेन वा लक्ष्यभन्दा बढी नै राजश्व उठ्दै आएपनि गएका दुई वर्षदेखि राजश्वको लक्ष्य पुग्नै छाडेको छ।

    अर्थात् अनुमान भन्दा न्यून राजश्व संकलन हुँदै आएको छ। चालु वर्षको छ महिनामै झन्डै एक खर्बको लक्ष्य र संकलनबीचको खाडल देखिएपछि सरकारले लक्ष्य नै संसोधन गरेको छ।

    संघीय सरकारको कोषमा जम्मा हुने राजश्वको लक्ष्यमा सरकारले ४४ अर्बले प्रक्षेपन घटाएको छ। सरकारले राजश्व प्रशासनमा संरचनागत रुपान्तरण गरेकाले त्यसको प्रभाव राजश्वमा देखिएको खतिवडाको भनाइ छ।

    ‘हामी आयातमाम आधारित अर्थतन्त्रबाट आत्मनिर्भर तर्फ जाँदै छौ। यसको संकेत पनि देखिन थालेको छ’ उनले भने।

    खतिवडा प्रशासनलाई संसोधित लक्ष्य पुरा गर्न पनि कठिन हुने देखिएको छ।

    अर्थात् यो सरकारले कूल १० खर्ब ५६ अर्ब राजश्व उठाउने लक्ष्य लिएको छ। जसमा पुससम्म जम्मा ४ खर्ब ५६ अर्बमात्र उठाएको छ।

    यसको मतलब बाँकी छ महिनामा ६ खर्ब राजश्व संकलन हुनुपर्छ। लक्ष्य भेट्टाउनका लागि खतिवडाका केही आधार छन्। जो त्यति सजिला छैनन्।

    उनले अबका दिनमा कर धेरै लाग्ने वस्तुको आयात बढ्ने,मदिराजन्य उत्पादन बढेर आन्तरिक राजस्वमा पनि बृद्धि हुने,समग्र अर्थतन्त्रमा आउने चलायामानको प्रभाव राजश्वमा देखिने उनको विश्वास छ।

    तर पनि मासिक १ खर्ब राजश्व अब सरकारले उठाउनुपर्छ। यदि संसोधित लक्ष्य पूरा गर्ने हो भने। यो भनेको माघदेखि प्रत्येक दिन ३ अर्ब ३३ करोडका दरले राजश्व संकलन गर्नुपर्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, फाल्गुण १ २०७६०३:३४:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend