आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भ्रमण बर्षलाई धक्का, भारतबाट नेपाल आउने पर्यटकले फर्कन नपाउने

भ्रमण बर्षलाई धक्का, भारतबाट नेपाल आउने पर्यटकले फर्कन नपाउने

  • बुधवार, माघ २९ २०७६

  • 4.8K
    SHARES

  • काठमाडौं– नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाइरहँदा पर्यटन क्षेत्रले एकपछि अर्को अप्रत्यासित दुर्घटना बेहोर्नु परिरहेको छ । चीनमा देखिएको कोरोना भाइरसको संकट तथा भारतीय पर्यटकको मृत्युले त्रसित नेपाली पर्यटन क्षेत्र भारतको पछिल्लो नीतिले झनै प्रभावित बन्ने देखिएको छ ।

    भारत सरकारले स्थलमार्ग हुँदै नेपाल आउने विदेशीप्रति कठोर नीति ल्याएको छ । अर्थात भारत हुँदै नेपाल आउने विदेशीमाथि कडाइ गर्न थालेको छ ।

    आजदेखि लागू भएको यो नीतिअनुसार भारत सरकारको अध्यागमन विभागले ई–भिसा लिएर भारत हुँदै नेपाल घुम्न जाने विदेशी पर्यटकलाई आफ्नो नाकाबाट नेपाल प्रस्थान गर्न अनुमति दिने तर उसलाई त्यही नाकाबाट भारत प्रवेश गर्न बन्देज गरेको छ ।

    भारतको नीतिअनुसार अब ई–भिसा लिएर आउने विदेशी पर्यटकहरू स्थलमार्गबाट नेपाल प्रवेश गरे उनीहरू फिर्ता जाँदा काठमाडौं पुगेर हवाई माध्यमबाट गन्तव्यतर्फ जानुपर्ने भएको छ ।

    प्रवेशाज्ञासम्बन्धी नयाँ नीति ल्याएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्ने देखिएको छ । सोमबारमात्रै स्थलमार्गको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने क्रममा रहेका २ बस थाइ पर्यटक (करीब ८० जना) ले यस्तो नयाँ नियमबारे थाहा पाएपछि लुम्बिनी भ्रमण कार्यक्रम स्थगन गरेर उतैबाट गन्तव्यतर्फ लागेको अध्यागमन कार्यालय बेलहियाले जनाएको छ ।

    आफूहरूलाई भारतीय अध्यागमन अधिकारीहरूले आफ्नो देशको ई भिसाको बारेमा आएको नयाँ नीतिको बारेमा अवगत गराइसकेको भन्दै ई–भिसा लिएर स्थलमार्गबाट नेपाल पुगेकाहरूलाई पुनः भारततर्फ जाने क्रममा डिपार्चर९प्रस्थान० छाप नहान्न आग्रह गरेको अध्यागमनका कर्मचारीले बताए ।

    स्थलमार्गको नाका हुदै बार्षिक १ लाख ७० हजारको हाराहारीमा बिदेशी पर्यटक नेपाल आउने गरेका छन् । उनीहरूको मुख्य गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनी हो । लुम्बिनी आउने पर्यटकहरू धेरैले ई भिसा लिएर आउने गरेको पाईन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ २९ २०७६०४:०५:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend