आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

चिनियाँलाई भारतमा प्रवेश निषेध !

चिनियाँलाई भारतमा प्रवेश निषेध !

  • शुक्रवार, माघ २४ २०७६

  • 4.9K
    SHARES

  • काठमाडौं – चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणपछि भारत सरकारले चिनियाँ नागरिकलाई भारतमा प्रवेश निषेध गरेको छ । भारतको केन्द्र सरकारले स्थलमार्ग हुँदै भारतमा भित्रिने चिनियाँ नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएको छ । भारत सरकारले देशभर परिपत्र गर्दै स्थलमार्ग हुँदै भित्रिने चिनियाँलाई भिसा वा आगमनको अनुमति नदिन मातहातका अध्यागमन कार्यालयलाई निर्देशन दिएको जनाइएको छ । कोरोना भाइरसका कारण स्थलमार्ग हुँदै भारतमा भित्रिने चिनियाँ नागरिकको आगमनमा प्रतिबन्ध लगाइएको भारतको महाराजगञ्ज जिल्लाको सोनौली प्रहरी चौकीका प्रमुख एसआई अशोक कुमारले जनाएका छन् । ‘नेपालबाट स्थलमार्ग हुँदै आउने चिनियाँ पर्यटकको आगमन प्रतिबन्ध लगाइएको छ,’ उनले भने, ‘अर्को आदेश नआएसम्म प्रतिबन्ध जारी रहनेछ ।’ प्रतिबन्धको निर्णयअघि आगमनको अनुमति लिइसकेका चिनियाँ नागरिकलाई भने भारतमा रोक लगाइने छैन । अन्य नयाँ चिनियाँ नागरिकको हकमा भने भिसा वा आगमनको अनुमति नदिइने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ २४ २०७६०१:००:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend