बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

अख्तियारले ‘फसाएका’ गच्छदारको पक्षमा नेविसंघद्वारा आन्दोलन घोषणा

अख्तियारले ‘फसाएका’ गच्छदारको पक्षमा नेविसंघद्वारा आन्दोलन घोषणा

  • बिहिवार, माघ २३ २०७६

  • 6.9K
    SHARES

  • काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले अख्तियार माघ २४ गते शुक्रबार काठमाडौंमा भव्य प्रदर्शन गर्ने घोषणा गरेको छ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा चलाएर फसाएको तथा त्यहीँ मन्त्रिपरिषद्का प्रधानमन्त्री माधवकुमार नेपाल र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेललाई बचाएको विरोधमा नेविसंघले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ । नेविसंघले बालुवाटार जग्गा प्रकरणमा माधवकुमार नेपाल र विष्णु पौडेललाई उन्मुक्ति दिएर विजयकुमार गच्छदारलाई फसाएको भन्दै त्यसको विरोधमा प्रदर्शन गर्न लागेको छ । शुक्रवार दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलामा नेविसंघले कम्युनिस्ट सरकारको लाचार छायाँ बनेको अख्तियारविरुद्ध प्रदर्शन गर्नेछ । शुक्रबारको प्रदर्शनमा सहभागी हुन नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आह्वान गरेका छन् । उनले अख्तियारको राजनीतिक पूर्वाग्रहीपूर्ण निर्णयका विरुद्ध सशक्त रुपमा सडकमा उत्रिन आग्रह गरेका छन् । नेविसंघसँग नेपाल तरुण दलले समेत देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २३ २०७६०१:३९:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend