काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली मिर्गाैलाको समस्याका कारण सक्रियतापूर्वक भूमिका निर्वाह गर्न सकिरहेका छैनन् ।
ओलीले मिर्गाैला फेर्नेबारे समय–समयमा चर्चा हुने गरेपनि आधिकारिक जानकारी प्रवाह हुन सकेको थिएन ।
मंगलबार प्रधानमन्त्री ओली आफैंले सक्रिय भएर काम गर्न छिट्टै मिगौलाको प्रत्यारोपण गर्ने खुलासा गरेका छन् ।
मंगलवार बालुवाटारमा सम्पादकसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले बाँकी रहेको तीन वर्षको कार्यकालभर आफू नै पदमा रहने समेत बताए ।
‘छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्दैछु । अलि सक्रिय भएर काम गर्नुपर्ने योजनाका साथ ट्रान्सप्लान्ट गर्न लागेको छु । म तीन वर्ष पूरै कार्यकाल चलाउँछु,’ ओलीले सम्पादकसँग भने ।
भारतमा १३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीले केही समययता नियमित रुपमा मृगौलाको डायलासिस गराउँदै आराम गरिरहेका छन् । मिर्गाैलाको समस्याका कारण अधिकांश समय ओलीले बालुवाटारमै थन्किनुपरेको छ ।
सम्पादकसँग प्रधानमन्त्री ओलीले विवादित अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा पारित हुने बताए । ‘एमसीसीबाट आउने रकम विकासको लागि हो, शंका गर्नु पर्दैन, सम्झौता उचित छ,’ ओलीले भने, ‘सम्झौता गर्ने बेला छलफल नगर्ने, पछि गर्ने पुरानै रोग हो । सम्झौतामा केही खराब छैन ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।