सोमवार, माघ २० २०७६
काठमाडौं– नेपाली युवा स्टार क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र ओमानसँग हुन लागेको त्रिकोणात्मक क्रिकेटमा प्रतिविकेट आफूले ८ हजार ८४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंशगालालाई सहयोग गर्ने घोषणा गरेका छन्।
आगमी फेब्रुअरी २ देखि १२ सम्म नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक क्रिकेट हुँदैछ। जसमा नेपालले ४ खेल खेल्नेछ।
सन्दीपले प्रत्येक खेलमा जति विकेट लिन्छन् प्रतिविकेटको हिसाबले उनले ८ हजार ८४८ रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसन अन्तर्गत निर्माणाधीण गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा गरेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।