काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालको नक्सा सार्वजनिक गर्न आनाकानी गरिरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कडा निर्देशन दिएका छन् ।
केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले सरकारको चर्काे आलोचना गरेपछि अध्यक्ष प्रचण्डले नेपालको नक्सा सार्वजनिक गर्न ओली सरकारलाई कडा निर्र्देशन दिएका हुन् ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा जारी गर्नुपर्ने निर्देशन नेकपाले दिएको छ ।
प्रचण्डले केन्द्रीय कमिटी बैठकमा उठेको प्रश्नको जवाफ दिने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गर्न सरकारलाई निर्देशन दिए ।
नेकपा सांसद तथा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष प्रचण्डले नक्सा सार्वजनिक गर्न निर्देशन दिएका जानकारी दिइन् ।
प्रचण्डले यती होल्डिङ्सबारे नेपाल ट्रस्टका अध्यक्ष समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेललाई स्वेतपत्र जारी गर्न निर्देशन दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।