आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

केपी ओली देखेर रिसाए नरेन्द्र मोदी !

केपी ओली देखेर रिसाए नरेन्द्र मोदी !

  • शनिवार, माघ १८ २०७६

  • 5.2K
    SHARES

  • नयाँदिल्ली – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भारतसँग सम्बन्ध सुमधुर बनाउन नसकेको संकेत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको बजेटले दिएको छ । भारत सरकारले चालू आर्थिक वर्षका लागि घोषणा गरेको बजेटमा नेपाललाई दिने अनुदानमा कटौती गरिएको छ । मोदी सरकारकी अर्थमन्त्री निर्मला सीतारमणले शनिवार संसदमा पेश गरेको बजेटमा नेपाललाई दिइने अनुदान घटाएर ८ अर्बमा सीमित गरिएको छ । यसअघिको बजेटमा नेपाललाई दिइने सहायता बढाएकी सीतामरणले अनुदान रकममा करीब ४ अर्ब कटौती गरेकी छन् । गत वर्षका तुलनामा भारतले दिने सहयोगमा ३३ प्रतिशतले कटौती भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष २०१९/२० को मध्यावधि बजेटमा नेपालका लागि १२ अर्बको सहयोग स्वीकृत गरिएको थियो । त्यसअघि गत वर्षको पहिलो पूर्ण बजेटमा १० अर्ब ५० करोड सहयोग दिने प्रस्तावित गरिएपनि यसवर्ष अनुदान कटौती गरिएको छ । भारत सरकारले नेपाललाई दिने अनुदान घटाएपनि भुटानलाई दिने सहयोग बताएको छ । भुटानलाई २८ अर्ब ८४ करोड ६५ लाख सहयोग प्रदान गरिने बजेटमा उल्लेख छ । भुटानको अनुदान गत वर्षभन्दा करीब ८ प्रतिशत बृद्धि भएको छ । ओली सरकारले चीन र अमेरिकासँग सम्बन्ध सुधार भएको दाबी गरिरहेका बेला छिमेकी भारतसँग भने सम्बन्ध बिग्रिएको देखिएको छ । ओली सरकारले अमेरिकालाई खुसी पार्न एमसीसी सम्झौता संसदबाट पारित गर्न जोडबल गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १८ २०७६०२:५५:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend