काठमाडौं - चर्चित गायक डम्बर नेपाली नयाँ गीत ‘सुईटर फाटेको’ भिडियो प्रिमियर भएको छ । अनामनगरमा पत्रकार सम्मेलन विच भिडियो सार्वजनिक गरिएको घोषणा गरियो । गायक नेपालीकै स्वय शब्द संगीत रहेको गीतको भिडियो निर्देशन प्रविन भट्टले गरेका हुन् ।
भिडियोमा सम्झना रिमाल, विशाल घिमिरे, सोमु गुरुङ र जिना ब्रिजीले अभिनय गरेका छन् भने डम्बर नै भिडियोमा मुख्य भुमिकामा देखिएका छन् ।
ग्रामिण परिवेशको माया अनि गरिवीको पीडालाई गीतमा मुख्य रुपमा उतारिएको गायक डम्बरले बताए । ‘आफ्नो प्रेमिकाको छेउमा कसलाई ‘टिपटप’ बनेर हिड्न मन लाग्दैन र रु गायक डम्बरले भने ‘ तर प्रेमिकालाई भेट्न सुईटर च्यातिएर समस्या भएका समस्या भएको कुरा उल्लेख गरिएको छ ।
लामो समय देखी नेपाली साँगीतिक यात्रामा अनवरत रुपमा लागिरहेका नेपालीले ‘सुईटर फाटेको’को बाट आशावादी भएको बताए । गायक नेपालीको ‘मेरो जिवनबाट जाने भए जाँउ तर अन्तिम पल्ट भेट्न आउ ’ बोलको गीतले छिन्नलता पुरस्कार पाएको थियो ।
https://www.youtube.com/watch?v=DGJQiorMr0c&feature=share&fbclid=IwAR3Rp6VLVWyG9s1CPDw_kBdplSmmq13BE0KRkeCsbgdhlGIuCCOVADurXTg
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।