बुधवार, माघ १५ २०७६
काठमाडौं- अमेरिकाको दक्षिण क्षेत्रमा पर्ने मुलुक जमैकाको समुद्री तटलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्प लगत्तै दक्षिण अमेरिकाका कतिपय देशहरुमा ठूलो सुनामी आउने भन्दै उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ ।अमेरिकाको राष्ट्रिय भूगर्भ विभागका अनुसार, सो शक्तिशाली भूकम्पको झट्का अमेरिकाको मायामी र क्युवाको हवानासम्म महसुस गरिएको थियो ।
अमेरिकी समयअनुसार जनवरी २८ मंगलबार दिउंसो २ बजेर ४५ मिनेटको आसपासमा गएको भूकम्पका कारण जमैका र आसपासका समुद्री क्षेत्रमा ३ मिटर उचाइसम्मको शक्तिशाली सुनामी लहर आउने मौसम विभागले जानकारी दिएको सीएनएनले आफ्नो वेभसाइटमा लेखेको छ । सीएनएनका अनुसार, सुनामीले जमैका, क्युवा, होण्डुरस, मेक्सिको र केम्यान आइल्याण्ड बढी प्रभावित हुन सक्नेछन् ।
भूकम्पको क्षतिको विवरण प्राप्त हुन बांकी रहेको अमेरिकी समाचार संस्थाहरुले लेखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।