आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

मेलिना राईको स्वरमा म भन्दा नि-३ गीत सार्वजनिक

मेलिना राईको स्वरमा म भन्दा नि-३ गीत सार्वजनिक

  • शुक्रवार, माघ १० २०७६

  • 6.8K
    SHARES

  • काठमाडौँ- संसारमा गीत, संगीत मन नपर्ने मान्छे हुनै सक्दैन । समय अनुसार मान्छेहरूलाई फरक शैली, भिन्न विचार, दु:खसुख, माया प्रेम, मिलन होस् या विछोड, प्रफुल्लता या भगवानको भजन कुनै न कुनै बेला गीत संगीतले छोएकै हुन्छ र त मान्छे सुरिलो सुन्दर आवाज सुन्दर शब्दको गीतमा हराउने गर्छ । सुन्दर आवाज सुन्दर शब्दको एउटा गीत । “आँसु झर्दा पुच्छी दिने तिम्रै निम्ति म थिएँ नि धेरै माया गर्ने तिमीलाई पायौ कि त म भन्दा नि ।” जति सुन्यो जति हेर्‍यो हेरुँ हेरुँ अनि सुनुसुनु लाग्ने मर्मस्पर्शी हजारौं हजार गीतका रचनाकार सुरेन्द्र महर्जन “अमर” को रचनामा रहेको गीत “म भन्दा नि-३” गायिका मेलिना राईको सुमधुर स्वरमा अनि पुरुषतर्फबाट गायक प्रदिप ग्लानको स्वरमा ओएस नेपाल र मेलोडी नेपालको प्रायोजनमा अडियो तथा म्युजिक भिडियो एकै चोटी सार्वजनिक भएको हो । एउटा गीतको कभर भिडियो र एउटाको अडियो भिडियो सार्वजनिक भएको छ । अडियो भिडियोको गीतको भिडियो पनि चाँडोभन्दा चाँडै सार्वजनिक गरिने कुरा ओएसनेपालको तर्फबाट विवेक कार्की र मेलोडी नेपालका तर्फबाट केशव विश्वकर्माले जानकारी दिनु भयो । गायक, एरेन्जर तथा संगीतकार पुष्कर सुनुवारको संगीतमा रहेको उक्त गीत अमर सङ्ग (Amar song’s) मा रहेको छ । गीतको छायांकन श्रीराज गौतमले गरेको थियोे । https://www.youtube.com/watch?v=WSHhLLlAScw&feature=emb_title

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १० २०७६०६:२५:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend