बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

हत्या आरोपी सापकोटा सभामुख बन्ने भएपछि महरले गरे गम्भीर प्रश्न

हत्या आरोपी सापकोटा सभामुख बन्ने भएपछि महरले गरे गम्भीर प्रश्न

  • बुधवार, माघ ८ २०७६

  • 6.1K
    SHARES

  • काठमाडौँ- अर्जुन लामाको हत्या आरोपी सांसद अग्नि सापकोटा सभामुख बन्ने भएपछि नेविसंघका निवर्तमान अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले गम्भीर प्रश्न चिह्न खडा गरेका छन् । जनताको आवाज बुलन्द गर्ने थलोका रुपमा रहेको संसदमा हत्या आरोपी सापकोटलाई सभामुखको उम्मेदवार बनाएर जनता, प्रजातन्त्र र कानुनी राज्यको घोर अपमान समेत भएको भन्दैं नेता महरले रोस प्रकट गरेका छन् । सभामुख चयनको काण्डले राष्ट्रीय–अन्तर्राष्ट्रीय रुपमा लज्जित हुनुपर्ने अवस्था सिर्जना भएको नेता महर भनाई छ । हत्या जस्तो जघन्य अपराधमा मुछिएका सापकोटालाई समर्थन जनाएको भन्दैं नेता महरले आफ्नै पार्टी माथि पनि प्रश्न उठाएका छन् । जनताको आबाज बुलन्द गर्ने संसद, सभामुख चयनको काण्डले राष्ट्रीय अन्तराष्ट्रीय रुपमा लज्जित मात्रै भएन कि जनता , प्रजातन्त्र र कानुनी राज्यको घोर अपमान समेत भएको छ । कुरा बुझ्नै न सकिने भो , आफ्नै पार्टी माथि प्रश्न गर्दै नेता महर अगाडी भन्छन्, तटस्थ ? आपराधिक काण्डको निराकरण हुनु पर्दैन ? आफ्ना पति अर्जुन लामाको हत्या आरोपी नेकपा सांसद अग्नि सापकोटालाई सभामुख बनाउन लागेकामा पीडित पूर्णिमाया लामाले पनि गम्भीर आपत्ति जनााएकी छिन् । पीडित पूर्णिमायाले आफ्ना पतिका हत्यारालाई कार्वाहीको सट्टा सभामुख बनाउनु न्यायमाथिको आशामा तुषारापात हुने टिप्पणी गरिन् । यस्तै सर्वसाधारण, नागरिक समाज देखि विभिन्न संघसंस्थाले नेकपाको उक्त निर्णयको विरुद्ध आवाज उठाईरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, माघ ८ २०७६०९:३७:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend