आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

किक बक्सिङमा एपीएफ च्याम्पियन, राजेश र रिता उत्कृष्ट खेलाडी

किक बक्सिङमा एपीएफ च्याम्पियन, राजेश र रिता उत्कृष्ट खेलाडी

  • मंगलवार, माघ ७ २०७६

  • 7.0K
    SHARES

  • काठमाडौं - एपीएफ क्लब वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफ ५ जित सहित टिम च्याम्पियन बनेको हो । च्याम्पियन एपीएफले १ लाख नगद पुरस्कार  थियो । ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा नेपाल आर्मी ३ स्वर्णका साथ दोश्रो भयो । आर्मीले ५० हजार नगद पुरस्कार हात पार्यो । पुरुषमा आर्मीका राजेश चौधरी तथा महिलामा नेपाल प्रहरी क्लबकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही २५ हजार नगद पुरस्कार प्राप्त गरे । राजेशले ६५ केजी तथा रिताले ५५ केजीमा स्वर्ण जितेका थिए । स्वर्णवापत दुवैले छुट्टै जनही ३० हजार नगद पुरस्कार पनि पाए । भाटभटेनीले अनुशासित टिमको उपाधि हात पार्यो भने मार्चपासमा एपीएफ उत्कृष्ट बनेको थियो । ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको पुरुष ५० केजीमा मेन डोजोका मनोज राना मगर पहिलो भए भने फाइनलमा उनले एपीएफका सञ्जय राईलाई पराजित गरेका थिए । आर्मीका यामराज थापा मगर र मेन डोजोका भक्तराज जोशी तेश्रो भएका थिए । पुरुष ५५ केजीमा एपीएफका रोहित चुनारो पहिलो भए भने उनले आर्मीका तारा तामाङलाई फाइनलमा हराएका थिए । मुवाँथाईका दावा फुन्जो शेर्पा र प्रहरीका राजेन्द्र सिन्जाली मगर तेश्रो भए । पुरुष ६० केजीमा एपीएफका वीरेन्द्र सिंह कोधारीले स्वर्ण जिते । उनले फाइनलमा प्रहरीका मुकेश पण्डितलाई पाखा लगाए । मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तेश्रो बनेका हुन् । पुरुष ६५ केजी फाइनलमा आर्मीका राजेश चौधरीले मुवाँथाईका फुर्देनी शेर्पालाई पन्छ्याउँदै शीर्ष स्थान हात पारे । बक्समान्डुका मनीषकुमार भुजेल र प्रहरीका समन धुस्रीले कांस्य जिते । पुरुष ७० केजीमा आर्मीका सनीसिंह सुनवारले बाजी मारे । उनले फाइनलमा भाटभटेनीका सविन दिमहुमलाई निराश पारे । सो क्योकुसिनका प्रदीप तामाङ र एपीएफका रुद्र सरुले तेश्रो स्थानमा चित्त बुझाए । पुरुष खुला तौलसमूहमा रेजका कोशिष श्रेष्ठ च्याम्पियन बने । फाइनलमा कोशिषले एपीएफका भुपेन्द्र शाहको चुनौती समाप्त पारे । सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेश्रो भए । महिला ६५ केजीमा एपीएफकी विनिता थापा मगरले फाइनलमा आर्मीकी मन्जु विकलाई पन्छ्याउँदै स्वर्ण चुमिन् । एपीएफकी मनीषा राउत र मेन डोजोकी रविना तामाङ तेश्रो स्थानमा रहे । महिला खुला तौलसमूहमा आर्मीकी विन्दु पुन पहिलो भइन् । फाइनलमा विन्दुले एपीएफकी जयन्ती श्रेष्ठलाई पाखा लगाइन् । मेन डोजोकी पुनम कर्माचार्य र मुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तेश्रो भए । महिला ६० केजीमा एपीएफकी निशा विक पहिलो भइन् । फाइनलमा निशाले मेन डोजोकी सुस्मिता शाहीलाई पराजित गरिन् । मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेश्रो भए । महिला ५० केजीमा एपीएफकी सन्जु माया थिङले स्वर्ण जितिन् । सन्जुले आईकेकेएफकी करिश्मा कार्कीलाई हराइन् । आर्मीका रुविका खड्का र शान्ति थापा मगरले कांस्य हात पारे । महिला ५५ केजीमा प्रहरीकी रिता ठकुल्लले फाइनलमा एपीएफकी विद्या गुरुङमाथि जित हात पार्दै पहिलो भइन् । आर्मीका अनुपमा नेपाली र रिना धमाल संयुक्त रुपमा तेश्रो भए । विजेतालाई पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंह, पूर्व सांसद मदनबहादुर अमात्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक मिनकृष्ण महर्जन, आयोजक ललितपुर ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष विनोद महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । तीनदिने प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा १ सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ८–८ हजार नगद पुरस्कार प्राप्त गरेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ ७ २०७६०५:२३:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend