काठमाडौँ- चर्चित गायक तथा सर्जक बुद्ध राईको 'पुर्बै घुमेर...' नामक गीतको भिडियो सार्वजनिक भएको छ । गायक बुद्द राईलाई गायिका रिमि राईले आवाजमा साथ दिएकी छिन् ।
गीतमा दिल्कु राइको शब्द रहेको छ भने गीतको संगीत गायक तथा सर्जक बुद्ध राईले नै गरेका हुन् । सुमन राइको संगीत संयोजन रहेको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो ।
भिडियोमा कलकारहरु रबिन थापा मगर र आयुशा राईको दमदार अभिनय देख्न सकिन्छ । बिश्वा जंग माझीको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोकोको छायांकन संकल्प भुजेलको रहेको छ ।
ओ एस आर नामक युटुब च्यानलबाट सार्बजनिक गरिएको गीतको सम्पादन रबिन थापा मगरले गरेका हुन् ।
https://www.youtube.com/watch?v=Y_jee9z-Ez0&feature=share&fbclid=IwAR0O4fmQB8aGGaMC49zkZl7B4AD9FQ4yil6r1R5Vzn8miJmhh0xtlo-HZA8
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।