आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव– २०७६ हुने

प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव– २०७६ हुने

  • सोमवार, माघ ६ २०७६

  • 6.2K
    SHARES

  • काठमाडौं- प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव २०७६ हुने भएको छ ।  भिजिट नेपाल २०२० लाई सफल पार्न सहयोग पु¥याउने तथा काँठ क्षेत्रका गीत संगीतलाई संरक्षण तथा प्रर्वद्धन गर्ने उद्धेश्यले डिएआर मुभिजको आयोजनामा आउँदो फाल्गुन १६ गते देखि २० गते सम्म काठमाडौंको टुडिखेलमा महोत्सव आयोजना गर्न लागिएको एक कार्यक्रमका बिच जानकारी दिइएको छ । “काँठ क्षेत्रको कला र संस्कृति हरेक नेपालीको सान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान ।” भन्ने मुल नारा लिएर महोत्वसको गर्न लागिएको कार्यक्रम संयोजक नमराज ढुंगानाले जानकारी दिए । काठमाडौं आशपासका तत्कालिन ११ जिल्लालाई काँठ क्षेत्रका जिल्ला भनि चिन्न थालियो । त्यस भित्र लुकेर रहेका परिचयात्मक, ऐतिहाँसिक, साँस्कृतिक विधिन्न धरोहर छन् । ति विविध मध्ये एक हो काँठे लोक गीत, संगीत, जसमा मेलापात जाँदा घाँसे गीत, सेलो, खैजेडि भजन, झाँक्रि, मारुनी, चुट्का, ठट्यौली, ठाडि, झाँकि, धिमे लगाएतका साँगीतिक र साँस्कृतिक परिचय बोकेको काँठ क्षेत्र थप व्यापकता प्रदान गर्न यो महोत्सवले महत्वपुर्ण भुमिका निर्वाह गर्ने कार्यक्रम परिकल्पनाकार लोक दोहोरी गायक तथा सर्जक माधव थापाले जानकारी दिए । मेलापातमा झुन्डिएका तर डिजिटल बजारमा व्यवसायीक रुपमा अगाडि आउन नसेकेका नयाँ तथा पुराना भाका, गीत, संगीत जस्तै अन्य साँस्कृतिक परिचय बोकेका अभिन्न अङ्ग जो आज सम्रग लोक सांगीतीक क्षेत्रले विर्सिएको छ, त्यसलाई विश्व सामु उजागर गराउने, नेपाल सरकारको योजना पर्यटन भ्रमण वर्ष २०२० को पर्वद्धन गर्ने, काँठ क्षेत्रमा रहेको एतिहाँसिक, पुरातात्विक, सांस्कृतिक, खाना, बाध्यवादन, भेषभुषा, रहनसहन, हस्तकला लगाएतको प्रवद्धन गर्ने, पुराना तथा नयाँ श्रष्टा एकै स्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण प्रोत्साहन गर्ने तथा ति कुरालाई विश्व सामु उजागर गराउने उद्देश्य सहित प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६ आयोजना गर्न लागिएको संरक्षक तथा डिएआर मुभिज एण्ड फिल्म ईन्डिस्ट्रिज प्रा.लि.का प्रभावनजेले बताए । टुडिखेलमा हुने कार्यक्रममा निःशुल्क प्रवेसको व्यवस्था गरिएको छ । फाल्गुण्न १६ गते देखि २० गते (पाँच दिन) सम्म चल्ने महोत्वस हरेक दिन बिहान १० बजे देखि साँझ ५ बजे सम्मको समय व्यवस्थापन गरिएको छ । कार्यक्रममा नयाँ तथा पुराना कलाकारहरुको बजोड प्रस्तुति रहने छ । भने व्यपारा प्रवद्धनका लागि १ सय भन्दा बढि स्टलको व्यवस्था गरिएको छ । प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६ को अर्को महत्वपूर्ण कार्यक्रमको रुपमा काँठे लोक दोहोरी प्रतियोगीता रहेको छ । देश भित्र तथा बाहिर जुनसुकै ठाउँमा रहेकाले पनि यो प्रतियोगीतामा भाग लिन पाउने छन् । प्रतियोगीतामा प्रथम, दोस्रो, तेस्रो तथा सान्त्वना हुनेले क्रमश नगद रु ३ लाख, २ लाख, १ लाख, ५० हजार सहित मेडल, प्रमाण पत्र लगाएत अन्य पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगीता अवधि भरमा उत्कृष्ट गायक र गायीका एक÷एक जनालाई नगद रु ५ प्रदान गरिने आयोजक डिएआर मुभिजले जानकारी दिएको छ । विविध सम्मान कार्यक्रममा काँठे क्षेत्रको लोक गीत संगीतमा योगदान पुराएका श्रष्टलाई विविध सम्मान गरिने भएको छ । जसमा पहिलो काँठे लोक गाएक गायीका – २ जना, सर्वाधिक काँठे गीत रेर्कड गराएको श्रष्टा – २ जना, सर्वाधिक लोकप्रिय काँठे लोक गीत गायक÷गायीका – २/२ जना, पुराना सर्जक कुमार बस्नेत, जयनन्द लामा, मच्छेश्वर सापकोटा, तिर्थ कुमार थापा, मिरा थापा, मिरा राणा, धुव्रराज खड्का, र शिवनारायण जोशिलाई सम्मान गरिने भएको छ । दिवंगत श्रष्टा सम्मान अन्तर्गत बुद्दिकृष्ण लामिछाने, कृष्ण विक्रम थापा, भगवती दंगाल र लाल बहादुर खातिलाई प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ६ २०७६०८:०७:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend