काठमाडौं - गायक माधव गिरीको डेब्यु गीत ‘माया लाएँ...’ रिलिज भएको छ । गायक गिरीको यो पहिलो गीत हो ।
गीतमा गायक गिरीकै स्वर, संगीत र शब्द रहेका छन् । रोमान्टिक र पीडा भावहरू रहेको यो आधुनिक गीतबाट गायक गिरीले ठूलो अपेक्षा लिएका छन् । गीतमा प्रेमी र प्रेमिका तथा तेस्रो पक्षको पीडा देखाउन खोजिएको छ ।
गायनमा डेब्यु गीतलाई गिरीले ओएसआर डिजिटलबाट शुक्रबार रिलिज गरेका छन् । ‘गीत संगीतमा लागेको धेरै भयो’, गायक गिरीले भने, ‘पहिलो पटक आफ्नै स्वर, संगीत र शब्दमा गीत ल्याएको छु । मेरोतर्फबाट राम्रो गरेको छु । फैसला दर्शक, स्रोताबाट हुनेछ ।’
दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका निवासी गायक गिरी पेसाले अडिटर हुन् । काठमाडौंमा बसेर आफ्नो पेशा र गायनलाई उनले एकसाथ अगाडि बढाउने प्रयासमा छन् ।
अडिटको पेशामा नलागेर तपाई गीत संगीतमा किन लाग्नुभयो भन्ने जिज्ञासामा गायक गिरीले भने, ‘गीत संगीत मलाई मात्रै होइन सबैलाई मन पर्छ । सानैदेखि गीत गाउने धोको थियो । यो गीत बनाउन धेरै गृहकार्य गरेको छु । जीवन धान्न अडिटको काम त गर्नैपर्छ ।’
‘माया लाएँ...’लाई पुरुषोत्तम न्यौपानेले गरेका छन् । मञ्जुश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको सबै प्राविधिक कार्यमा गायक गिरीले कुनै कम्प्रमाइज गरेका छैनन् । गुणस्तरीय म्युजिक भिडियो, गीतमा बाजाहरूदेखि लोकेशन सबै उत्कृष्ट छन् ।
म्युजिक भिडियोलाई विशाल नेपालीले निर्देशन गरेका छन् । नायिका मरिस्कार पोखरेल, अश्मिक लम्साल र माधव गिरीलगायतले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
https://www.youtube.com/watch?v=_qcEflxym3o&fbclid=IwAR2_TBr4CxBHGZizusIRakGkpGmp1a_3zfDYv1B4bIWocCA6J7WIM4ewPYg
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।