काठमाडौं – शुक्रबार राति मतगणना सम्पन्न भएको नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को अध्यक्षमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानलका उम्मेदवार अच्युत गुरागाईं निर्वाचित भएका छन् ।
मतगणनामा १ सय ५० मत प्राप्त गरी गुरागाईं निर्वाचित भएका छन् भने उनका निकटम प्रतिस्पर्धी सत्तारुढ नेकपा निकट उम्मेदवार भीमप्रसाद पन्तले १ सय २६ मत मात्रै पाएका छन् । कांग्रेस निकट छुट्टै प्यानलबाट अध्यक्ष उम्मेदवार मिहिका धाख्वाले १ सय ९ मत पाएकी छन् । कांग्रेस निकट दुई वटा प्यानल भएको अवस्थामा समेत गुरागाईंले जीत हात पारेका छन् ।
नाट्टाको वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधीरकुमार पौडेल उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी निर्वाचित भएका छन् ।
सदस्यमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा, भरतजङ्ग पाण्डे विजयी भएका छन् । शुक्रवार सम्पन्न मतदानमा ४ सय ५ मत खसेको थियो ।
नाट्टाका नवनिर्वाचित अध्यक्ष गुरागाईं पुराना पर्यटन व्यवसायी हुन् । अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका गुरागाईं करीब २७ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशील छन् ।
नाट्टाको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका गुरागाईंले सन् २०१९ मा लुम्बिनीमा सम्पन्न बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टको संयोजक भएर समेत काम गरेका थिए ।
विभिन्न पेशागत संघसंस्थाको निर्वाचनमा पराजय भोग्दै आएको कम्युनिस्ट प्यानललाई नाट्टामा समेत झड्का लागेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।