काठमाण्डौ-ख्यातिप्राप्त गायक कृष्ण समीप सुवेदीले ‘चलन माया चल...’ लोकदोहोरी गीत बजारमा सार्वजनिक गरेका छन् ।गीतसंगीतमा करिब ७ बर्ष पछाडी गायक सुवेदीले ‘चलन माया चल...’ सार्बजनिक गरेका हुन् ।
चर्तित लोकदोहोरी आधुनिक, पप, गीत सार्बजनिक गरेका सुबेदीको अहिले आएको‘चलन माया चल...’ ले बजारमा चर्चा बटुल्न सफल भएको छ ।
गीतको शब्द तथा संगीत गायक स्वयं सुबेदीको रहेको छ भने स्वरमा गायिका कृष्णा खनालले साथ दिएकी छन् भने गीतको संगीत संयोजन आशिष अबिरको रहेको छ ।
पछिल्लो समयमा सबैले एकदमै आशा गरेका निर्देशक सन्तोष राजबहाकको निर्देशनमा तयार गरिएको उक्त भिडियो छोटो समयमा नै ब्यापक चर्चा बटुल्न सफल भएको हो ।
गीतको भिडियोमा टिकटकमा चर्चित सुन्दर एस.डि.एस. ‘लास्ट किङ्ग’ र जुना सुन्दासको अभिनय रहेको छ । भिडियोको चर्तित छायांकार ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् भने टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
https://www.youtube.com/watch?v=4K1wPkvooOY&feature=emb_title
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।