शुक्रवार, माघ ३ २०७६
ललितपुर– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाँले खेलकुदमा अनुशासनको ठूलो महत्व रहने बताएका छन् । उनले वीर गणेशमान सिंहको नाममा भएको किक बक्सिङ प्रतियोगिताको सफलताको कामना समेत गरेका छन् ।
ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको चापागाउँमा बिहीबार वीर गणेशमान सिंह तेस्रो राष्ट्रय खुल्ला किक बक्सिङ प्रतियोगिताको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता बानियाँले त्यागी नेता गणेशमान सिंहको नाममा हुन लागेको प्रतियोगिताले ललितपुरका युवा र खेलाडीहरूमो जोश जाँगर थपिएको बताए ।
‘खेलमा अनुशासन महत्वपूर्ण हुन्छ’, उनले भने, ‘खेलमा जितहार पनि हुन्छ । त्यसलाई अनुशासित रुपमा लिनुपर्छ ।’
तीन वर्षदेखि लगातार हुँदै आएको खेलकुद प्रतियोगिताको संयोजन गर्ने नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनलाई नेता बानियाँले बधाइ समेत दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।